कीर्तिमानी सूर्यवंशीले १४ वर्ष २३ दिनमा खेले आईपीएलः पहिलो बलमै हिर्काए छक्का « Khabarhub

कीर्तिमानी सूर्यवंशीले १४ वर्ष २३ दिनमा खेले आईपीएलः पहिलो बलमै हिर्काए छक्का


७ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) विश्वकै क्रिकेटरका लागि सपनाको प्रतियोगिता हो। यो प्रतिस्पर्धामा दैनिक केही न केही रेकर्ड बन्ने गर्छन्। तर शनिबार भएको खेलमा राजस्थान रोयल्सका वैभव सूर्यवंशीले भने दुलर्भ रेकर्ड बनाएका छन्। उनले सबै भन्दा कम उमेरमा आईपीएल खेलेर इतिहास कायम गरेका हुन्।

लखनउ सुपर जायन्ट्सविरुद्ध शनिबार भएको खेलमा उनी इम्प्याक्ट खेलाडीको रूपमा ब्याटिङ गर्न क्रिजमा पुगेका थिए।

कप्तान सञ्जु सामसन घाइते भएपछि टोलीमा मौका पाएका सूर्यवंशीले लखनउविरुद्ध यशस्वी जयसवालसँग ओपनिङ ब्याटरको रुपमा मौका पाए। उनले आईपीएलको सुरुवात नै छक्का प्रहार गरेर गरेका छन्। उनले पहिलो बलमा शार्दूल ठाकुरलाई छक्का हिर्काएका हुन्। २० बलमा तीन छक्का र दुई चौकाको मद्दतमा ३४ रन जोडेका उनी आइडन म्याक्रमको बलमा लखनउका कप्तान ऋषभ पन्तबाट स्टम्पिङ भए।

सूर्यवंशीले १४ वर्ष २३ दिनको उमेरमा पहिले आईपीएल खेल खेलेका हुन्। १३ वर्षको उमेरमा अस्ट्रेलिया यु-१९ सँगको खेलमा ५८ बलका शतक प्रहार गरेपछि उनी चर्चामा आएका थिए। उनी एक करोड बढी भारतीय रुपियाँमा यस सिजन राजस्थानमा आबद्ध भएका हुन्।

वैभव सूर्यवंशीलाई स्टम्प गरेपछि ऋषभ पन्त । तस्बिरः क्रिकइन्फो

यसअघि कान्छो खेलाडीको कीर्तिमान प्रायस राय बर्मनको नाममा थियो। सन् २०१९ को सिजनमा उनले रोयल च्यालेन्जर बंगलोरुको तर्फबाट १६ वर्ष १५७ दिनमा पहिलो खेल खेलेका थिए।

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  ५ : ५२ बजे

कांग्रेस महाधिवेशनमा आचारसंहिताविपरीत प्रचारप्रसार (तस्बिरहरु)

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशन निर्वाचन समितिले जारी गरेको

‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा

काठमाडौँ–  नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बिल ‘अनलाइन’बाट तिर्ने ग्राहकलाई थप

हवाई भाडादरबारे भ्रामक सूचनाको पछि नलाग्न एयरलाइन्सको अनुरोध

काठमाडौँ– बडादसैँ तथा तिहारको समयमा हवाई भाडादरलाई लिएर सार्वजनिक आलोचना

मर्मतपछि राहुघाटबाट फेरि विद्युत् उत्पादन

काठमाडौं–  राहुघाट जलविद्युत् आयोजनाको मर्मतसम्भारपछि पुनः विद्युत् उत्पादन सुरु गरिएको