सीमा तोकेर नागरिकलाई रोक्न खोज्नु निरङ्कुशता : लिङ्देन « Khabarhub

सीमा तोकेर नागरिकलाई रोक्न खोज्नु निरङ्कुशता : लिङ्देन


७ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपाले आज गर्ने प्रदर्शनबाट नडराउन सरकारलाई आग्रह गरेका छन् ।

आज सामाजिक सञ्जाल फेसबुकमार्फत अध्यक्ष लिङ्देनले आजको प्रदर्शन सरकारी निरङ्कुशतन्त्रको विरुद्ध प्रतिकात्मक र शान्तिपूर्ण हुने स्पष्ट पारेका छन् ।

प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र ठान्नेहरूले सीमा तोकेर नागरिकलाई सीमित राख्न खोज्नु उचित नभएको तर्क गरेका छन् ।

उनले भनेका छन्– ‘भन्नलाई प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र भन्ने तर जनतालाई यति मात्र बोल यो यो मात्र बोल, अनि यो बाटो मात्र हिँड, यहाँभन्दा एक इन्च पनि यता नआउ भनेर सीमा तोक्ने सरकारी निरङ्कुशतन्त्रको विरुद्धको प्रतिकात्मक र शान्तिपूर्ण प्रदर्शन हो । जहाँ हामी सीमित नेताहरू मात्रै सहभागी हुनेछौँ।’

उनले वैचारिक दृष्टिकोणले राप्रपा मुलुकको प्रमुख प्रतिपक्षी पार्टी रहेको दाबी गर्दै आफूहरू जे गर्ने हो भनेरै गर्ने भएकाले सरकारलाई नडराउन भनेका छन् ।

राप्रपाले आज काठमाडौंका निषेधित क्षेत्रमा प्रदर्शन गर्ने उद्घोष गरेपछि गृहमन्त्रालयले संविधान र कानुनको ठाडो उल्लङ्घन गर्न प्रोत्साहित गर्ने र समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य नहुने र यस्तो गतिविधिमा संलग्न हुने जोसुकैलाई पनि कानूनबमोजिम कारबाही हुने चेतावनी दिएको छ ।

राप्रपाले आज काठमाडौंका विभिन्न तीन ठाउँबाट र्‍याली निकाली मध्याह्न १२ बजे बिजुलीबजारमा जम्मा भएर प्रदर्शन गर्ने जनाएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  ९ : ०३ बजे

वर्ष २०८२ : राजनीतिक ‘सुनामी’को वर्ष, यी हुन् मुख्य घटनाक्रम

काठमाडौँ– राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर

इरानी बन्दरगाहमा नाकाबन्दी गर्ने ट्रम्पको चेतावनीले तेल प्रतिब्यारेल १०० डलर नाघ्यो

काठमाडौँ – अमेरिका र इरानबीचको वार्ता कुनै निष्कर्षबिना टुङ्गिएपछि विश्व

केही भूभागमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

नाकाबन्दी गर्ने ट्रम्पको चेतावनीपछि इरानले भन्यो- ‘अमेरिकी धम्कीले झुक्दैनौँ’

वासिङ्टन– इरानले आत्मसमर्पण नगर्ने चेतावनी दिएको केही घण्टाभित्रै अमेरिकी सेनाले

कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने

काठमाडौँ– कालीगण्डकी जलाशयुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण हुने