निषेधित क्षेत्रमा सुरक्षा, ठाउँठाउँमा प्रहरी तैनाथ « Khabarhub

निषेधित क्षेत्रमा सुरक्षा, ठाउँठाउँमा प्रहरी तैनाथ


७ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजावादी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज आइतबार निषेधित क्षेत्र तोड्ने चेतावनी दिएपछि प्रहरी प्रशासनले बिहानैदेखि निषेधित क्षेत्रको सुरक्षाका लागि ‘कर्डन एण्ड सर्च’ ड्युटी खटाएको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी दिनेश आचार्यका अनुसार आम नागरिकको दैनिक जीवन प्रभावित नहुने गरी प्रहरी ड्युटी खटाइएको हो । राप्रपाले स्थानीय प्रशासनसँग अनुमति मागेको जानकारी प्रहरीकहाँ आएको छैन ।

‘कर्डन एण्ड सर्च’ ड्युटीअन्तर्गत सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवन, राष्ट्रपति भवन, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री निवास, सभामुख निवासलगायतका संवेदनशील क्षेत्रमा प्रहरी परिचालन गरिएको छ ।

बबरमहलदेखि तीनकुनेसम्म प्रहरी तैनाथ छ । भद्रकाली र माइतीघरमा सुरक्षा कडा पारिएको छ । भद्रकाली-सिंहदरबार सडकमा प्रहरी तैनाथ छन्। नक्साल, भाटभटेनी मन्दिरस्थित ढुङ्गेधारा र गैरीधाराबाट खोर्सानीटारतिर प्रहरी खटिएएको छ ।

महाराजगञ्ज र नारायणगोपाल चोकमा प्रहरी तैनाथ छ । प्रहरी तालिम केन्द्रबाट पानीपोखरीमा पनि प्रहरी छ । बालाजुतिरका सवारी साधन अस्कल क्याम्पसमा रोकेर ठमेलतिर डाइभर्ट गरिएको छ । प्रहरीले निषेधित क्षेत्रतिर कोही आए नियन्त्रणमा लिने लिने तयारी छ ।

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  ११ : २९ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना