राप्रपा बिजुली बजारबाट निषेधित क्षेत्रसम्म जाँदै, संसद् भवनअगाडि ठूलो संख्यामा प्रहरी तैनाथ « Khabarhub

राप्रपा बिजुली बजारबाट निषेधित क्षेत्रसम्म जाँदै, संसद् भवनअगाडि ठूलो संख्यामा प्रहरी तैनाथ


७ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


606
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कार्कयर्ताहरू आइतबारको आन्दोलनका क्रममा बिजुली बजार पुलबाट नयाँबानेश्वरसम्म पुग्ने भएका छन् ।

सीमित नेता-कार्यकर्ता जुटेर निषेधित तोड्ने कोसिस गर्ने भएका छन् ।

गत साता सम्पन्न केन्द्रीय कार्य समितिको बैठकअनुसार राप्रपाका नेता कार्यकर्ताले निषेधित क्षेत्र तोड्न लागेका हुन् ।

‘भन्नलाई प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र भन्ने तर जनतालाई यति मात्र बोल यो यो मात्र बोल, अनि यो बाटो मात्र हिँड, यहाँभन्दा एक इन्च पनि यता नआऊ भनेर सीमा तोक्ने सरकारी निरङ्कुशतन्त्रविरुद्धको प्रतिकात्मक र शान्तिपूर्ण प्रदर्शन हो,’ राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भने, ‘जहाँ हामी सीमित नेताहरू मात्रै सहभागी हुनेछौँ, वैचारिक दृष्टिकोणले राप्रपा मुलुकको प्रमुख प्रतिपक्ष पार्टी हो, हामी जे गर्छौं भनेरै गर्छौं। सरकारले नडराए हुन्छ।’

लिङ्देनका अनुसार बिजुली बजारमा भेला भएर निषेधित क्षेत्र तोड्न लागिएको हो । बिजुली बजारको आर्कब्रिज पुलमा जम्मा भएर एभरेस्ट होटल हुँदै बानेश्वर पुलतर्फ जाने तयारी राप्रपाले गरेको छ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार उक्त क्षेत्रमा आन्दोलन गर्ने भएपछि संसद् भवन अगाडि प्रहरी तैनाथ भइसककेका छन्। सरकारले बानेश्वर पुल आसपासदेखि संसद् भवनसम्मको निषेधित क्षेत्रमा ठूलो संख्यामा प्रहरी तैनाथ गरेको छ ।

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  १ : ०० बजे

रोहितको अर्धशतक र करणको विष्फोटक ब्याटिङको मद्दतमा नेपालले ओमनलाई दियो २ सय ६४ रनको लक्ष्य

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको आफ्नो

सरकारी सवारीसाधन दुरुपयोग गर्ने एक जना पक्राउ

बनेपा– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–३ कुशादेवीका ४० वर्षीय गणेश सापकोटा पक्राउ

अन्तरराष्ट्रियस्तरमा हुलाक सेवा कहीँ पनि खारेज भएको छैन : मन्त्री तिमिल्सिना

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपालको हुलाक सेवालाई

बजार अनुगमन र उपभोक्ता अधिकार सुनिश्चित गर्न अनेरास्ववियू क्रान्तिकारीको माग

काठमाडौं– अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी), काठमाडौं जिल्ला

एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते काठमाडौंमा हुने

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी मङ्सिर २ र ३ गते