नेपाल बैंकको नाफा २०३२ प्रतिशतले बढ्यो  « Khabarhub

नेपाल बैंकको नाफा २०३२ प्रतिशतले बढ्यो 


७ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा २०३२.८० प्रतिशतले वृद्धि भएको छ । 

बैंककले चैत मसान्तसम्ममा २ अर्ब ७८ करोड ३४ लाख ९४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा भने बैंकले १३ करोड ५ लाख ९ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको हो । 

बैंकको खुद ब्याज आम्दानी ४.८१ प्रतिशतले बढेर ७ अर्ब १० करोड ७ लाख ५२ हजार रुपैयाँ पुगेको छ । 

कम्पनीको चुक्ता पुँजी १४ अर्ब ६९ करोड ४० लाख २२ हजार रुपैयाँ बराबरको रहेको छ भने जगेडा कोषमा २३ अर्ब ३१ करोड ३४ लाख ५ हजार रुपैयाँ रहेको छ । 

कम्पनीको खराब कर्जा ०.६० प्रतिशतले बढेर ५.४५ प्रतिशतमा पुगेको छ भने प्रतिशेयर आम्दानी २४.०८ रुपैयाँले बढेर २५ रुपैयाँ २६ पैसा पुगेको छ । 

बैंकको प्रतिशेयर नेटवर्थ २६० रुपैयाँ ७४ पैसा पुगेको छ ।

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  १ : २३ बजे

मध्यपूर्वी द्वन्द्व चर्किँदै, सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ सर्न आग्रह

बेरुत– इजरायलले दक्षिणी लेबनानका बासिन्दालाई तत्काल सुरक्षित स्थानतर्फ सर्न आदेश

एमाले अध्यक्ष ओलीले भक्तपुरको बालकोटबाट मतदान गर्ने

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बिहीबाार भक्तपुरको बालकोटबाट

बागमती प्रदेशमा २६ अस्थायी मतदान केन्द्र

काठमाडौं– बागमती प्रदेशका विभिन्न जिल्लामा २६ वटा अस्थायी मतदान केन्द्र

कस्तो छ आन्तरिक अर्थतन्त्रको विकास ? यसो भन्छ राष्ट्र बैंकको बृहत् आर्थिक प्रतिवेदनले

काठमाडौं– नेपालको आर्थिक वृद्धि हरेक दशकमा औसत करिब ४ प्रतिशत