बागलुङपानी–घलेगाउँ-भुजुङ १० किलोमिटर सडक कालोपत्रको काम सुरु | Khabarhub Khabarhub

बागलुङपानी–घलेगाउँ-भुजुङ १० किलोमिटर सडक कालोपत्रको काम सुरु


७ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

लमजुङ– बेँसीसहर–बागलुङपानी–घलेगाउँ–भुजुङ सडकमा ‘क्लोज ग्रेडिङ प्रिमिक्स’ प्रकृतिको कालोपत्रको काम सुरु भएको छ । गण्डकी प्रदेश सरकारको बजेट रहेको यस सडकअन्तर्गत क्व्होलासोथर गाउँपालिका–१ बागलुङपानीदेखि वडा नं ४ भुजुङसम्मको १७ किलोमिटरमध्ये १० किलोमिटर सडकमा कालोपत्र गर्ने कार्य सुरु भएको हो ।
 
पूर्वाधार विकास कार्यालयका अनुसार निमित्त कार्यालय प्रमुख विवेक सिग्देलका अनुसार बागलुङपानीबाट घलेगाउँसम्मको १० किलोमिटर सडक कालोपत्र र घलेगाउँदेखि भुजुङसम्मको सात किलोमिटर सडकमा ग्याबेल हुनेछ । सोमध्ये चार किलोमिटर सडक कालोपत्र सम्पन्न भएको र बाँकीमा कालोपत्र गर्ने कार्य भइरहेको उनको भनाइ छ । उनका अनुसार  ६ मिटरको चौडाइको कालोपत्र भइरहेको र केही केही ठाउँमा भने ढलान गरिने भएको छ । 

घलेगाउँदेखि भुजुङसम्मको सात किलोमिटर सडकमा ग्याबेलको काम कालेपत्र सम्पन्न गरेसँगै हुने पूर्वाधार विकास कार्यालयले जनाएको छ । सडक स्तरोन्नतिको हालसम्म ६७ प्रतिशत भौतिक प्रगति भएको उनको भनाइ छ । 

बागलुङपानीबाट घलेगाउँसम्मको १० किलोमिटर सडक कालोपत्र र घलेगाउँदेखि भुजुङसम्मको सात किलोमिटर सडक ग्याबेल गर्न कान्छाराम–नाना जेभीले विसं २०७६ असोज २९ गते सम्झौता गर्दै विसं २०७८ असोज २९ गतेभित्र सम्पन्न गर्ने सम्झौता भएको थियो । सम्झौताअनुसार उक्त समयमा ठेकेदारले काम सम्पन्न नगरेपछि  पहिलो पटक विसं २०७९ असोज २८ गतेसम्म काम सम्पन्न गर्ने भन्दै म्याद थप गरेको थियो । 

उक्त समयमा कामले गति लिन नसकेपछि विसं २०८० चैत २२ गते पुनः म्याद थप गर्दै विसं २०८१ असोज २९ गतेभित्र सो कार्य सम्पन्न गर्ने गरी सम्झौता गरेको थियो । तर सो समयमा पनि काम सम्पन्न हुन सकेन । 

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  १ : ४४ बजे

इजरायली आक्रमणमा कम्तीमा ४५ प्यालेस्टिनीको मृत्यु

गाजा – गाजा पट्टीका विभिन्न भागमा इजरायली आक्रमणमा परी कम्तीमा

‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

काठमाडौं – यही भदौ २३ र २४ गते जेनजीद्वारा गरिएको

जेनजी आन्दोलन: पोखरामा आगजनी गर्ने क्रममा जलेका पुरुषको मृत्यु

कास्की – पोखरामा ‘जेनजी’ प्रदर्शनका क्रममा जिल्ला प्रहरी कार्यालयमा आगजनी

जनमतका केन्द्रीय सचिव बीपी साहविरुद्ध जबरजस्ती करणीको मुद्दा, खोजी गर्दै प्रहरी

जनकपुरधाम – सिके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय सचिव बीपी

रविलाई नख्खु कारागारमै राखियो, उच्च सुरक्षा सतर्कता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने