राजेन्द्र लिङ्देनसहितका राप्रपा सांसदहरू सिंहदरबारबाटै समातिए « Khabarhub

राजेन्द्र लिङ्देनसहितका राप्रपा सांसदहरू सिंहदरबारबाटै समातिए


७ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका सांसदहरू सिंहदरबारबाटै समातिएका छन् ।

गत चैत १५ तीनकुनेमा भएको प्रदर्शनका क्रममा पक्राउ परेका नेता कार्यकर्ताको रिहाइका लागि प्रदर्शनमा उत्रिएका लिङदेनसहितका नेताहरूलाई प्रहरीले सिंहदरबारभित्रैबाट पक्राउ गरेको हो ।

सिंहदरबारस्थित संसदीय दलमा रोकिएका प्रमुख सचेतक ज्ञानेन्द्र शाही, सांसदहरू दीपक सिंह र बिना लामासहितलाई भेट्न आएका लिङ्देनसहित पक्राउ परेका हुन् ।

उनीहरूलाई भेटेपछि लिङ्देनसहितले सिंहदरबारभित्रै पर्चासहित प्रदर्शन गरेका थिए । प्रहरीले राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङ र प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई पनि पक्राउ गरेको छ । सिंहदबारस्थित संसदीय दलको कार्यालयमा थुनिएका शाहीहसितलाई भेटेपछि त्यहीँबाट लिङ्देनले विरोध थालेका थिए ।

दलको कार्यालयबाट केही सांसदहरूसहित हिँडेका लिङ्देन नेतृत्वको टोलीले सिंहदरबार भित्रै पर्चा देखाउँदै प्रदर्शन गरे । उनीहरूलाई नयाँबानेश्वरको निषेधित क्षेत्रतर्फ जान नदिई प्रहरीले नियन्त्रमा लिएर लगेको छ ।

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  २ : १३ बजे

जेन-जी आन्दोलमा झापामा जलेका संरचना निरीक्षण गरेर चुनावी अभियान सुरु गर्दै ओली

काठमाडौं – उम्मेद्वारी दर्ताका लागि झापा पुगेका नेकपा (एमाले)का अध्यक्ष

कांग्रेसमा युवा नेतृत्वको पहिलो कदम सफल भयो : चन्द्र भण्डारी

काठमाडौं – नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीमा युवा नेतृत्वको

पत्रकारिता छोडेर ऋषि धमला राजनीतिमा : रौतहट–४ बाट चुनाव लड्दै

काठमाडौं – पत्रकार ऋषि धमला राजनीतिमा औपचारिक रुपमा प्रवेश गरेका

आगलागीले निस्सासिएकी वृद्धाको उद्धार

कर्णाली – सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ मङ्गलगढी चोक नजिक रहेको मानिकेज

देउवा चुनाव नलड्ने : कांग्रेसका उम्मेदवार कसले कहाँबाट पाए टिकट ?

काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा चुनाव नलड्ने