राजेन्द्र लिङ्देनसहितका राप्रपा सांसदहरू सिंहदरबारबाटै समातिए « Khabarhub

राजेन्द्र लिङ्देनसहितका राप्रपा सांसदहरू सिंहदरबारबाटै समातिए


७ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका सांसदहरू सिंहदरबारबाटै समातिएका छन् ।

गत चैत १५ तीनकुनेमा भएको प्रदर्शनका क्रममा पक्राउ परेका नेता कार्यकर्ताको रिहाइका लागि प्रदर्शनमा उत्रिएका लिङदेनसहितका नेताहरूलाई प्रहरीले सिंहदरबारभित्रैबाट पक्राउ गरेको हो ।

सिंहदरबारस्थित संसदीय दलमा रोकिएका प्रमुख सचेतक ज्ञानेन्द्र शाही, सांसदहरू दीपक सिंह र बिना लामासहितलाई भेट्न आएका लिङ्देनसहित पक्राउ परेका हुन् ।

उनीहरूलाई भेटेपछि लिङ्देनसहितले सिंहदरबारभित्रै पर्चासहित प्रदर्शन गरेका थिए । प्रहरीले राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङ र प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई पनि पक्राउ गरेको छ । सिंहदबारस्थित संसदीय दलको कार्यालयमा थुनिएका शाहीहसितलाई भेटेपछि त्यहीँबाट लिङ्देनले विरोध थालेका थिए ।

दलको कार्यालयबाट केही सांसदहरूसहित हिँडेका लिङ्देन नेतृत्वको टोलीले सिंहदरबार भित्रै पर्चा देखाउँदै प्रदर्शन गरे । उनीहरूलाई नयाँबानेश्वरको निषेधित क्षेत्रतर्फ जान नदिई प्रहरीले नियन्त्रमा लिएर लगेको छ ।

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  २ : १३ बजे

कांग्रेसलाई फुट्नबाट जोगाउन देउवासमक्ष नैनसिंह महरका तीन प्रस्ताव

काठमाडौं– नेपाली कांग्रेसमा चर्किएको आन्तरिक विवाद मिलाउन युवा नेता नैनसिंह

अमेरिकी ‘आर्थिक दबाब अभियान’ मा सहभागी नहुन इरानको चेतावनी

तेहरान- इरानका एक वरिष्ठ सुरक्षा अधिकारीले छिमेकी तथा अन्य मुलुकहरूलाई

म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण

म्याग्दी- एकिकृत सेवा कार्यालय म्याग्दीमार्फत आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ– चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा लगानी

अमेरिकाबाटै कलाकारिता गर्दै धुर्मुस–सुन्तली, सिरियल ‘म त मर्छु कि क्या हो’ ल्याउने

काठमाडौं – जनताबाट रकम उठाएर चितवनमा रंगशाला बनाउने क्रममा ऋणमा