सहकारी ठगीमा थुनिएका रविको तर्फबाट सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट « Khabarhub

सहकारी ठगीमा थुनिएका रविको तर्फबाट सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट


७ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


657
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको तर्फबाट सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन परेको छ ।

सहकारी ठगी प्रकरणमा उच्च अदालत तुलसीपुर, बुटवल इजलासको गत चैत २२ गतेको आदेशले पुर्पक्षका लागि भैरहवा कारागारमा रहेका लामिछानेले आफूलाई गैरकानुनी थुनामा राखिएको दाबीसहित बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका हुन् ।

लामिछानेलाई गैरकानुनी थुनाबाट मुक्त गराउन माग गर्दै दायर गरिएको उक्त रिटमा सोमबारलाई पेशी तोकिएको छ ।

लामिछानेलाई थुनामा पठाउने उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेशविरुद्ध सर्वोच्चमा निवेदन परिसकेको छ ।

उक्त निवेदनमा सुनुवाइ गर्दै सर्वोच्चले उच्च अदालत र जिल्ला अदालतबाट कैफियत प्रतिवेदनसहितका कागजात झिकाउने आदेश गरिसकेको ।

बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा यसअघि गत माघ १३ गते उनलाई जिल्ला अदालत रूपन्देहीले १ करोड धरौटीमा छाडेको थियो । तर जिल्लाको उक्त आदेशलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उल्ट्याउँदै रविलाई जेल पठाइदिएको हो ।

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  ४ : ५५ बजे

भोजपुरकाे भुल्केमा पानीको समस्या अन्त्य

भोजपुर– भोजपुरको रामप्रसादराई गाउँपालिका–३ भुल्केमा लामो समयदेखि रहँदै आएको खानेपानीको

चुनावमा पनि इन्धन नियमित हुन्छ : आयल निगम

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आयात नियमित रहेकाले अनावश्यक

आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

काठमाडौं– प्रेस काउन्सिल नेपालले मौन अवधिमा आचारसंहिताको पूर्ण परिपालना गर्न

एचपीभी खोप लगाउन स्वास्थ्यकर्मी घरघरमा

बागलुङ– बागलुङका दुई हजार ३०२ जना किशोरीले पाठेघरको मुखको क्यासरविरुद्वको

मौन अवधि सुरु भएसँगै रवि लामिछानेको आधिकारिक फेसबुक ‘गायब’

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको आधिकारिक