सहकारी ठगीमा थुनिएका रविको तर्फबाट सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट « Khabarhub

सहकारी ठगीमा थुनिएका रविको तर्फबाट सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट


७ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


657
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको तर्फबाट सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन परेको छ ।

सहकारी ठगी प्रकरणमा उच्च अदालत तुलसीपुर, बुटवल इजलासको गत चैत २२ गतेको आदेशले पुर्पक्षका लागि भैरहवा कारागारमा रहेका लामिछानेले आफूलाई गैरकानुनी थुनामा राखिएको दाबीसहित बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका हुन् ।

लामिछानेलाई गैरकानुनी थुनाबाट मुक्त गराउन माग गर्दै दायर गरिएको उक्त रिटमा सोमबारलाई पेशी तोकिएको छ ।

लामिछानेलाई थुनामा पठाउने उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेशविरुद्ध सर्वोच्चमा निवेदन परिसकेको छ ।

उक्त निवेदनमा सुनुवाइ गर्दै सर्वोच्चले उच्च अदालत र जिल्ला अदालतबाट कैफियत प्रतिवेदनसहितका कागजात झिकाउने आदेश गरिसकेको ।

बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा यसअघि गत माघ १३ गते उनलाई जिल्ला अदालत रूपन्देहीले १ करोड धरौटीमा छाडेको थियो । तर जिल्लाको उक्त आदेशलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उल्ट्याउँदै रविलाई जेल पठाइदिएको हो ।

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  ४ : ५५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै