सिंहदरबारबाटै अध्यक्षसहितका नेता पक्राउ परेपछि राप्रपाले भन्यो- सरकार सर्वसत्तावादी र निरंकुश « Khabarhub

सिंहदरबारबाटै अध्यक्षसहितका नेता पक्राउ परेपछि राप्रपाले भन्यो- सरकार सर्वसत्तावादी र निरंकुश


७ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आइतबार भएको प्रदर्शनका क्रममा सिंहदरबारबाटै अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेतालाई पक्राउ गरिएकोमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आपत्तिज जनाएको छ।

आइतबारको प्रदर्शनपछि बसेको राप्रपा केन्द्रीय कार्यसम्पदान समितिको बैठकले सरकारको उक्त कदमको निन्दा गरेको हो ।

‘सिंहदरबारस्थित संसदीय दलको कार्यालयबाट पार्टीद्वारा पूर्वनिर्धारित कार्यक्रमस्थल बिजुली बजार जाने क्रममा प्रशासनले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङ्ग र प्रवक्ता ज्ञानेन्द्र शाहीलाई सिंहदरबार परिसर भित्रैबाट गिरफ्तार गरिनु आपतिजनक र दुर्भाग्यपूर्ण भएको बैठकले ठहर गरेको छ’, पार्टी प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले भने, ‘राष्ट्रिय युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाल, उपाध्यक्ष सरोज क्षेत्री, राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित उत्थान संगठनका अध्यक्ष अमर आर्य पनि पक्राउ परेका छन्।’

श्रेष्ठले सरकारको यस कार्यलाई अलोकतान्त्रिक, सर्वसत्तावादी र विपक्षी आवाजलाई निस्तेज पार्ने निरंकुश चरित्रको भनेको छ ।

‘अध्यक्ष र नेताहरू पक्राउको सर्वत्र विरोध गरिनुपर्छ। शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन कार्यक्रमस्थलतर्फ जाँदैगर्दा गिरफ्तार अध्यक्ष र सबै नेताहरूको अविलम्ब रिहाइको राप्रपा माग गर्दछ’, श्रेष्ठले भनेका छन्, ‘सरकारको रवैयाले स्वतन्त्रतापूर्वक हिँडडुल गर्न पाउने, राजनीतिक गतिविधि गर्न पाउने र अभिव्यक्ति स्वतन्त्रताको संविधान प्रदत्त अधिकार कुण्ठित भएको छ ।’

राप्रपाले संविधान प्रदत्त अधिकारको उपभोग गर्ने क्रममा बाधा अवरोध गरिए आगामी दिनमा थप सशक्त ढंगबाट विरोध र प्रतिवाद गर्ने जनाएको छ ।

श्रेष्ठले राप्रपा राजसंस्था र हिन्दु राष्ट्रको पुन:स्थापना, संघीयताको खारेजी लगायतका राजनीतिक, सामाजिक र जनजीविकाका विविध मुद्दाका पक्षमा अझ दृढ रुपमा अघि बढ्ने बताए । चैत १५ गते तीनकुनेमा भएको घटनाको न्यायिक छानबिन हुनुपर्ने र वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री डा. धवल शमसेर राणा लगायत नेता, कार्यकर्ताको रिहाइ गर्न पनि माग गरेका छन् ।

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  ५ : ५० बजे

इरानी राष्ट्रपति भन्छन् : अर्को भेनेजुएला बनाउन आएको अमेरिका हाम्रो प्रतिरोधले चकित बन्यो

तेहरान- इरानी राष्ट्रपति मसुद पेजेस्कियनले इरानलाई अर्को भेनेजुएला बनाउने प्रयास

अफवाहले हैरान गोविन्दाले दिए मिडियालाई चेतावनी, ‘यस्ता काम नरोकिए १०० करोडसम्म क्षतिपूर्ति माग्छु’

काठमाडौं– बलिउडका चर्चित अभिनेता गोविन्दा पछिल्लो समय आफ्नो फिल्मी करियरभन्दा

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौं– नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण थापाका

दमास्कसबाहिर इजरायली ड्रोन आक्रमणको कुवेतद्वारा निन्दा

कुवेत सिटी- कुवेतले सिरियाको राजधानी दमास्कसको दक्षिणपश्चिमस्थित एक गाउँमा सर्वसाधारण

अमेरिकासँग मिलेर सरकारविरोधी प्रदर्शन गरेको आरोपमा एक जनालाई इरानमा मृत्युदण्ड

तेहरान- इरानले अमेरिकासँगै इजरायलको पक्षमा काम गरेको आरोप लागेका एक