सबल अर्थतन्त्र निर्माण गर्नेतर्फ आगामी बजेटको तयारी : अर्थमन्त्री « Khabarhub

सबल अर्थतन्त्र निर्माण गर्नेतर्फ आगामी बजेटको तयारी : अर्थमन्त्री


७ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले सबल अर्थतन्त्र निर्माण गर्ने उद्देश्यका साथ आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी भइरहेको बताएका छन् ।

आइतबार सिंहदरबारमा राष्ट्रिय योजना आयोगले तयार गरेको आर्थिक वर्ष २०८२/०८३ को प्रस्तावित बजेट तथा नीति तथा कार्यक्रमसम्बन्धी प्रतिवेदन बुझ्दै पौडेलले अहिले मुलुकको आर्थिक अवस्था लयमा फर्किन थालेको भन्दै सबल अर्थतन्त्र निर्माण गर्ने उद्देश्यका साथ आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी भइरहेको बताएका हुन् ।

देशको अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि सरकारले प्रभावकारी पहल गर्दै आएकाले पछिल्ला दिनमा अर्थतन्त्रका परिसूचकहरू सकारात्मक दिशातर्फ अघि बढेको उनले बताए । उनले वर्तमान सरकारकै कारण आर्थिक वृद्धिको लक्ष्यमा समेत सन्तोषजनक प्रगति भएको धारणा राखे ।

पौडेलले निजी क्षेत्रले उठाएका विषय र सहकारी क्षेत्र लगायतका समस्या समाधानका लागि सरकारले आवश्यक कानून निर्माण गरेको जिकिर गरे । उनले मुलुक स्थिरताको यात्रामा अघि बढे पनि अस्थिरतावादी प्रवृत्तिहरू यसकाविरुद्ध विभिन्न गतिविधि गर्ने कोसिस गरिरहेको उल्लेख गर्दै ती कोसिसहरू निरर्थक हुने बताए  ।

पौडेलले सरकार टिकाउनका लागि मात्रै स्थिरता खोजेको नभई संविधानको रक्षा गर्दै आर्थिक सामाजिक सुधार गर्नका लागि स्थिरता आवश्यक भएको धारणा राखे । 

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  ६ : २१ बजे

विश्वकपको सेमिफाइनल पुग्ने पहिलो टिम बन्यो इंग्ल्यान्ड

काठमाडौं – इंग्ल्यान्ड आईसीसी टी-२० विश्वकप २०२६ को सेमिफाइनल पुग्ने

निर्वाचन आठ दिन बाँकीः प्रचारप्रसारमा अवरोध गरे के हुन्छ सजाय ?

काठमाडौं – फरक राजनीतिक दल वा उम्मेदवारलाई निर्वाचन प्रचारप्रसारमा कुनै

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल फागुन १३ गते बुधबार फागुन

आज २०८२ साल फागुन १३ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन १३ गते बुधबार फागुन