त्रिशूली नदीमा मोटरसाइकलसहित खसे चालक, सशस्त्रको गोताखोर परिचालन « Khabarhub

त्रिशूली नदीमा मोटरसाइकलसहित खसे चालक, सशस्त्रको गोताखोर परिचालन


७ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


768
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आइतबार सांझ ५:३०  बजे धादिङ जिल्ला  बेनिघाट रोराङ्ग गाउंपालिका-७ स्थित त्रिशुली नदीमा मोटरसाइकलसहित खसेका १ व्यक्तिको उद्धार कार्य भइरहेको छ ।

डिएसपी शैलेन्द्र थापाका अनुसार २ जना सवार मोटरसाइकल नदीमा खसेको खबर प्राप्त भएपश्चात् खोजि कार्यको लागि सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक अस्मित कुमार चौहानको कमाण्डमा गोताखोर सहितको सुरक्षा फौज परिचालन भएको थियो । 

गोताखोर सहितको सुरक्षाफौजले सडकबाट करिब १ सय ५० मिटर तल भिरबाट रोप रेस्क्यु र स्टेचरको प्रयोग गरेर मोटरसाइकल र घाइतेलाई माथि ल्याउने कार्य गरिरहेका छन् । 

खोजतलासको क्रममा बा. प्र. ०२-०२४ प ४०५४ नम्बरको मोटरसाइकल र एक व्यक्तिको उद्धार भइरहेको हो । ती व्यक्तिको साथबाट मीन बहादुर तामाङ लेखिएको यातायातसँग सम्बन्धित नगदी रसिद फेला परेको छ । अर्का व्यक्ति पनि बेपत्ता भएको आशंकामा   सशस्त्र प्रहरी बलको गोताखोरले खोजी गरिरहेको छ । 

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  ७ : ३६ बजे

‘गगनले सकेनन्, कांग्रेसलाई एक बनाएर म देखाउँछु’

काठमाडौं- नेपाल विद्यार्थी संगठनका पूर्वअध्यक्ष एवम् नेपाली कांग्रेसका पूर्वमहामन्त्री किशोर

म्याग्दीका पहिरो प्रभावित क्षेत्रमा भूगर्भविद्को अध्ययन सुरु

म्याग्दी– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक

चितवनका १०१ पत्रकारको आँखा परीक्षण

चितवन– नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालमा आज

कांग्रेस महाधिवेशन : केन्द्रमा उम्मेदवारी दिएका नेता प्रदेश र जिल्लामा उठ्न नपाउने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कुनै पनि केन्द्रीय पदमा उम्मेदवार

रणनीतिक भण्डारबाट ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए) का सदस्य राष्ट्रहरूले रणनीतिक भण्डारबाट