भाइ टोनी र बहिनी नेहासँग सम्बन्ध अन्त्यको घोषणा गरेको एक महिनामै सँगै देखिइन् सोनु ! « Khabarhub

भाइ टोनी र बहिनी नेहासँग सम्बन्ध अन्त्यको घोषणा गरेको एक महिनामै सँगै देखिइन् सोनु !


६ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय गायिका सोनु कक्कडले गत अप्रिलमा सामाजिक सञ्जालमा परिवारसँग सम्बन्ध तोडेको स्ट्याटस लेखेकी थिइन् ।

उनले गायक समेत रहेका भाइ टोनी कक्कड र गायिकासमेत रहेकी बहिनी नेहासँग सम्बन्ध अन्त्य गरेको घोषणा गरेकी थिइन् ।

उनले ‘गहिरो भावनात्मक पीडा’का कारण बहिनी र भाइसँग सम्बन्ध तोड्ने निर्णय लिएको बताएकी थिइन् । तर, के कति कारण भने भनेर खुलाएको भने थिइनन् ।

उनको यो घोषणा बलिउडमा ठूलै गसिपको विषय बनेको थियो । भारतीय मिडियाहरुले पनि यसको समाचार बनाएका थिए ।

तर, सोनुको उक्त स्ट्याटस धेरै लामो समय देखिएन । उनले केही दिनमै उक्त स्ट्याटस हटाइन् ।

अहिले भने सोनुको परिवार पुनर्मिलनमा पुगेको देखिएको छ । उनको सामाजिक सञ्जालको पोस्टले पनि त्यही देखाएको छ । सँगै सोनु बुवा-आमाको वैवाहिक वार्षिकोत्सवक पछि पूरा परिवासँग देखिएकी थिइन् ।

पछिल्लो समय सोनुले सामाजिक सञ्जालमा ‘माया नै उत्तर हो’ भन्ने लाइन लेख्दै भाइ टोनी र बहिनी नेहासँगको तस्बिर सामाजिक सञ्जालमा राखेकी छन् ।

यसले उनीहरुको सम्बन्धमा सुधार आएको संकेत गर्छ । भारतीय मिडिया टाइम्स अफ इन्डियाले पनि सोनुको परिवारसँग पुनर्मिलन भएको उल्लेख गरेको छ ।

सोनु, नेहा र टोनी तीनै जना संगीत क्षेत्रमा नै रहेकाले उनले व्यवसायिक तनावले उक्त निर्णय लिएको हुनसक्ने अनुमान गरिएको थियो ।

प्रकाशित मिति : ६ जेठ २०८२, मंगलबार  ८ : ०४ बजे

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना

कागजमा विद्यालय देखाएर साढे सात लाख झ्वाम पार्ने पूर्वमन्त्री भ्रष्टाचारी ठहर

काठमाडौँ- कागजमा मात्रै विद्यालय देखाएर सरकारी रकम भुक्तानी लिएको अभियोगमा

काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक (तस्बिरहरू)

काठमाडौं – काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक बढेको छ ।

लगानी वृद्धि गराउन सरकार प्रयासरत छ : अर्थमन्त्री खनाल

विराटनगर –अर्थमन्त्री रामेश्वर खनालले उद्योग र व्यापारका क्षेत्रमा लगानी वृद्धि

अधिकृत महमद शेरे मुस्तफासहित तीन जनाविरुद्ध आरोपपत्र दायर

पर्सा – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको बहुदरमाई नगरपालिकाका तत्कालीन