आज २०८२ साल जेठ ६ गते मंगलबारको राशिफल | Khabarhub Khabarhub

आज २०८२ साल जेठ ६ गते मंगलबारको राशिफल


६ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल जेठ ६ गते मंगलबार। जेठ कृष्ण पक्षको अष्टमी तिथि। भौमाष्टमी व्रत। गोरखकाली पूजा। तदनुसार सन् २०२५ मे २० तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सामान्य छ। बोल्दा ख्याल नगरे अप्ठेरो परिस्थिति बन्नसक्छ। तपाईंले राम्रो काम गरे पनि अरुले नै जस लिने जोखिम रहेकाले सचेत बन्नुपर्नेछ। स्वदेशमै रोजगारीको अवसर प्राप्त हुने सम्भावना रहेको छ। शिक्षामा ढिलासुस्ती हुनेछ।

वृष : भाग्य स्थानमा चन्द्रमा पुगेका छन्। तपाईंको मन उल्लासमय बन्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। साथीको सहयोगमा तपाईंको काम बन्नेछ। अनुत्पादक क्षेत्रको खर्च कटौती गर्नुपर्नेछ।

मिथुन : धार्मिक व्यक्तिसँगको भेटले मनमा नयाँ ऊर्जा थपिने छ। सञ्चित धन खर्च भए पनि इज्जत बढ्नेछ। राज्यको सेवा गर्दै हुनुहुन्छ भने पदोन्नती हुने दिन छ।

कर्कट : आफ्नो काम आफैलाई मन नपर्ने दिन छ। आफ्नै जालमा फस्दा पश्चाताप हुनेछ। शिक्षा क्षेत्रमा भने फाइदा हुनेछ। परिवारको दैनिकी सामान्य बन्नेछ। प्रेम सम्बन्धमा खटपटी बढ्नेछ।

सिंह : मन शान्त बन्ने दिन छ। शनिको प्रकोप बढेको छ। तपाईंको काममा अवरोध आइपर्ने जोखिम छ। शिक्षामा घाटा हुनेछ। संकटमा परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

कन्या : दिन सामान्य छ। शत्रु बढ्नेछन्। परिवारको व्यवहारबाट खुशी मिल्नेछ। पूर्वको लामो यात्रामा नजानु उचित हुनेछ। प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ।

तुला : शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ। तपाईंको मिहिनेतको उचित कदर हुनेछ। परिवारभित्रबाट भन्दा बाहिरका साथीले तपाईंको प्रशंसा गर्नेछन्। राज्यबाट लिने सेवा र सुविधामा सचेत बन्नुपर्नेछ।

वृश्चिक : सानो कुराले मनमा झन्झट बढ्नेछ। शिक्षाको क्षेत्रमा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। परिवारमा भने बौद्धिक टकराब हुनेछ। प्रेम सम्बन्धमा खटपटी बढ्नेछ।

धनु : लगानीको क्षेत्रमा सहकार्य गर्दा फाइदा हुनेछ। एकल लगानी नगर्नु उचित हु्न्छ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारको निर्णयले मनमा संकट आइपर्ने जोखिम छ।

मकर : स्वास्थ्यमा सुधार हुनेछ। साथीसँग बोल्ने कलामा प्रगति हुनेछ। परिवारमा कर्तव्य मात्र गर्नु उचित हुनेछ। मिहिनेतको फल प्राप्त हुनेछ।

कुम्भ : खर्च बढ्ने योग छ। स्वास्थ्यमा सुधार हुनेछ। गोप्य कुरा साथीलाई नभन्नु राम्रो हुन्छ। पश्चिमको यात्रा नगर्दा फाइदा हुनेछ।

मीन : सञ्चित धन खर्च हुनेछ। स्वास्थ्यमा भने सुधार हुने योग छ। बौद्धिक व्यक्तिसँग थोरै बोलेर अगाडि बढ्नुपर्ने समय छ। मध्यसाढेसाती दशा चलिरहेकाले पिपलको दर्शन गर्नु उचित हुनेछ। परिवारसँगको सम्बन्ध सहज बन्नेछ।

प्रकाशित मिति : ६ जेठ २०८२, मंगलबार  ५ : ०३ बजे

भोजपुरको खोक्सिकमा २२ रोपनीमा कफीखेती

भोजपुर– भोजपुरको खोक्सिकमा २२ रोपनीमा कफीखेती गरिएको छ । प्रदेश

पार्टी बदनाम गराउन षड्यन्त्र भइरहेको छ : प्रचण्ड

उर्लाबारी– प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

झरनाको यात्रा : टीभी स्क्रीनदेखि राइफलको ट्रीगरसम्म…

झरना राई आमसञ्चारमा चिनिएको नाम हो । न्युजरुम, टीभी स्क्रीन,

टेक्सासमा बाढीका कारण दश जनाको मृत्यु

सान एन्टिनियो- दक्षिणी अमेरिकी राज्य टेक्सासमा भारी वर्षाका पछि आएको

जनसङ्ख्याको एक प्रतिशतले पनि गर्दैन रक्तदान, युवा सहभागिता न्यून

काठमाडौँ – आज विश्व रक्तदाता दिवस; ‘रक्तदान गरौँ, आशा देऊ,