आज २०८२ साल जेठ ६ गते मंगलबारको राशिफल « Khabarhub

आज २०८२ साल जेठ ६ गते मंगलबारको राशिफल


६ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल जेठ ६ गते मंगलबार। जेठ कृष्ण पक्षको अष्टमी तिथि। भौमाष्टमी व्रत। गोरखकाली पूजा। तदनुसार सन् २०२५ मे २० तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सामान्य छ। बोल्दा ख्याल नगरे अप्ठेरो परिस्थिति बन्नसक्छ। तपाईंले राम्रो काम गरे पनि अरुले नै जस लिने जोखिम रहेकाले सचेत बन्नुपर्नेछ। स्वदेशमै रोजगारीको अवसर प्राप्त हुने सम्भावना रहेको छ। शिक्षामा ढिलासुस्ती हुनेछ।

वृष : भाग्य स्थानमा चन्द्रमा पुगेका छन्। तपाईंको मन उल्लासमय बन्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। साथीको सहयोगमा तपाईंको काम बन्नेछ। अनुत्पादक क्षेत्रको खर्च कटौती गर्नुपर्नेछ।

मिथुन : धार्मिक व्यक्तिसँगको भेटले मनमा नयाँ ऊर्जा थपिने छ। सञ्चित धन खर्च भए पनि इज्जत बढ्नेछ। राज्यको सेवा गर्दै हुनुहुन्छ भने पदोन्नती हुने दिन छ।

कर्कट : आफ्नो काम आफैलाई मन नपर्ने दिन छ। आफ्नै जालमा फस्दा पश्चाताप हुनेछ। शिक्षा क्षेत्रमा भने फाइदा हुनेछ। परिवारको दैनिकी सामान्य बन्नेछ। प्रेम सम्बन्धमा खटपटी बढ्नेछ।

सिंह : मन शान्त बन्ने दिन छ। शनिको प्रकोप बढेको छ। तपाईंको काममा अवरोध आइपर्ने जोखिम छ। शिक्षामा घाटा हुनेछ। संकटमा परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

कन्या : दिन सामान्य छ। शत्रु बढ्नेछन्। परिवारको व्यवहारबाट खुशी मिल्नेछ। पूर्वको लामो यात्रामा नजानु उचित हुनेछ। प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ।

तुला : शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ। तपाईंको मिहिनेतको उचित कदर हुनेछ। परिवारभित्रबाट भन्दा बाहिरका साथीले तपाईंको प्रशंसा गर्नेछन्। राज्यबाट लिने सेवा र सुविधामा सचेत बन्नुपर्नेछ।

वृश्चिक : सानो कुराले मनमा झन्झट बढ्नेछ। शिक्षाको क्षेत्रमा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। परिवारमा भने बौद्धिक टकराब हुनेछ। प्रेम सम्बन्धमा खटपटी बढ्नेछ।

धनु : लगानीको क्षेत्रमा सहकार्य गर्दा फाइदा हुनेछ। एकल लगानी नगर्नु उचित हु्न्छ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारको निर्णयले मनमा संकट आइपर्ने जोखिम छ।

मकर : स्वास्थ्यमा सुधार हुनेछ। साथीसँग बोल्ने कलामा प्रगति हुनेछ। परिवारमा कर्तव्य मात्र गर्नु उचित हुनेछ। मिहिनेतको फल प्राप्त हुनेछ।

कुम्भ : खर्च बढ्ने योग छ। स्वास्थ्यमा सुधार हुनेछ। गोप्य कुरा साथीलाई नभन्नु राम्रो हुन्छ। पश्चिमको यात्रा नगर्दा फाइदा हुनेछ।

मीन : सञ्चित धन खर्च हुनेछ। स्वास्थ्यमा भने सुधार हुने योग छ। बौद्धिक व्यक्तिसँग थोरै बोलेर अगाडि बढ्नुपर्ने समय छ। मध्यसाढेसाती दशा चलिरहेकाले पिपलको दर्शन गर्नु उचित हुनेछ। परिवारसँगको सम्बन्ध सहज बन्नेछ।

प्रकाशित मिति : ६ जेठ २०८२, मंगलबार  ५ : ०३ बजे

पुष्प र प्रशंसाको जोडीमा ‘सिन्दूर’, दाङबाट सुरु भयो छायाङ्कन

काठमाडौं– सिन्दूरलाई नेपाली समाजमा विवाह र सम्बन्धको प्रतीकका रूपमा लिइन्छ

विगतका राजनीतिक हस्तक्षेपले एयरलाइन्सको अवस्था बिग्रियो, जहाज थपेर मात्र निगम सुध्रिँदैन : पर्यटनमन्त्री

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले विगतदेखि

विश्वकप क्रिकेट लिग–२ का लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौं- ओमानमा आयोजना हुने आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ का लागि

हिमनदी र हिमतालको तथ्याङ्कलाई तत्काल पूर्वसूचना प्रणालीमा जोड्नुपर्ने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले हानि–नोक्सानी कोष प्रशासनिक तथा प्रक्रियागत झन्झटमा

कांग्रेस महाधिवेशन प्रतिनिधिमा राष्ट्रपति पौडेलकी छोरी संज्ञा पराजित

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा पौडेल नेपाली कांग्रेसको महाधिवेशन