पुटिनसँगको वार्तापछि ट्रम्पले भने : अब रुस-युक्रेन युद्ध अन्त्य हुन्छ | Khabarhub Khabarhub

पुटिनसँगको वार्तापछि ट्रम्पले भने : अब रुस-युक्रेन युद्ध अन्त्य हुन्छ


६ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


552
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच तत्काल वार्ता हुने र युद्धको अन्त्य हुने घोषणा गरेका छन्।

रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनसँगको दुई घण्टा लामो फोन वार्तापछि ट्रम्पले सो कुरा बताएका हुन्। ट्रम्पले पुटिनसँगको वार्ता सौहार्दपूर्ण र सकारात्मक भएको भन्दै युद्ध अन्त्यका लागि सरोकारवाला दुई पक्षकै वार्ता आवश्यक रहेकोमा जोड दिएका छन्।

ट्रम्पसँगको कुराकानीमा पुटिनले भविष्यमा शान्ति स्थापना गर्नका लागि युक्रेनसँग वार्ता गर्न तयार भएको बताएका छन्। पुटिनले वार्ताको लागि तयार भएको बताए पनि युरोपेली देश र अमेरिकाले राखेको ३० दिने युद्ध विरामको प्रस्तावका बारे भने केही बोल्न चाहेनन्। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अहिलेको अवस्थामा सबै कुराको टुङ्गो नलगाई अमेरिका पछि हट्न नहुने कुरामा जोड दिएका छन्।

ट्रम्पले पुटिनसँगको वार्ता सकारात्मक भएको बताए पनि नयाँ खाका तथा युक्रेन रुस वार्ताको बारे भने केही भनेका छैनन्। जेलेन्स्कीले भने बारम्बार स्थायी शान्तिको प्रस्ताव राखेका छन्। रुसले यसलाई अटेर गरेमा कडा प्रतिबन्धको सामना गर्नुपर्ने कुरामा समेत जेलेन्स्कीले जोड दिएका छन्।

पुटिनसँग फोन वार्ता हुनु अघि ट्रम्पले जेलेन्स्कीसँग कुरा गर्दा युक्रेनको बारे कुनै निर्णय गर्नु सल्लाह गरेर गर्नुपर्ने बताएका थिए। जेलेन्स्कीले वार्तामा भएको सबै कुरा प्रस्तावको रूपमा आएपछि धारणा बनाउने बताए।

ट्रम्पले सामाजिक सञ्जालमा शान्तिको सम्भावना व्यक्त गर्दै निर्णायक वार्तामा अमेरिका र केही युरोपेली देश रहने बताएका छन्।

प्रकाशित मिति : ६ जेठ २०८२, मंगलबार  ६ : १२ बजे

टेक्सासमा बाढीका कारण दश जनाको मृत्यु

सान एन्टिनियो- दक्षिणी अमेरिकी राज्य टेक्सासमा भारी वर्षाका पछि आएको

जनसङ्ख्याको एक प्रतिशतले पनि गर्दैन रक्तदान, युवा सहभागिता न्यून

काठमाडौँ – आज विश्व रक्तदाता दिवस; ‘रक्तदान गरौँ, आशा देऊ,

आठ सय ७२ औद्योगिक प्रतिष्ठानलाई अनुमतिपत्र प्रदान

जनकपुरधाम– यहाँस्थित गुणस्तर तथा नापतौल कार्यालयले चालु आर्थिक वर्षको १०

इजरायली आक्रमणपछि आणविक वार्ता अर्थहीन : इरान

काठमाडौं– इजरायली आक्रमणपछि इरानले आणविक वार्ताको औचित्य सकिएको बताएको छ

गगन थापाको नयाँ प्रस्ताव- क्रियाशील सदस्यबाट सभापति चुनाैँ

 काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीमा देखिँदै आएको गुटबन्दी