बजेट आउनुअघि ईभी कारले भरियो चोभारको सुक्खा बन्दरगाह (तस्बिरहरू) « Khabarhub

बजेट आउनुअघि ईभी कारले भरियो चोभारको सुक्खा बन्दरगाह (तस्बिरहरू)


६ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


333
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले नयाँ आर्थिक वर्षको बजेट ल्याउने तयारी गरेसँगै विद्युतीय गाडी आयात ह्वात्तै बढेको छ ।

सरकारले नयाँ बजेटमार्फत् करका दर हेरफेरको तयारी गरिरहँदा यतिबेला काठमाडौंको चोभारस्थित सुक्खा बन्दरगाहमा विद्युतीय गाडीले भरिएका छन् । त्यहाँ सयौँको संख्याका विभिन्न कम्पनीका विद्युतीय गाडी भन्सार जाँचपासका लागि पालो कुरिरहेका छन् ।

उत्तरतर्फ रसुवागढी, तातोपानी र दक्षिणतर्फ वीरगञ्ज नाका हुँदै धेरै गाडी भित्रिएका छन् । अन्य नाकाबाट पनि भित्रिएका यी गाडी यतिबेला भन्सार पासको प्रक्रियामा रहेका छन् । गाडी खासगरी तातोपानी र रसुवागढी नाकाबाट भित्र्याइएका हुन् ।

सरकारले बजेटमार्फत अन्त:शुल्क तथा भन्सार महसुल बढाउन सक्ने भएकाले व्यवसायीहरूले त्यसअघि नै गाडी ल्याएका हुन् ।

वैशाखमा मात्रै करिब १९ सय विद्युतीय गाडी आयात भएका छन् । अहिले बढी मात्रामा ५१ देखि १०० किलोवाटका गाडी आयात भएका छन् ।

सरकारले नयाँ बजेट प्रस्तुत गर्दा गाडीहरूमा लाग्ने भन्सार, अन्तःशुल्क र अन्य करहरूमा परिवर्तन गर्ने सम्भावना हुन्छ। यदि आगामी बजेटमा गाडीमा कर बढ्ने सम्भावना देखिए ब्यापारीहरूले त्यसअघि नै ठूलो परिमाणमा गाडी आयात गर्छन् । पुरानो (कम) कर दरमा गाडी भित्र्याएर बेच्ने उद्देश्य उनीहरूले बोकेका हुन्छन् ।

अहिले सडकमा विद्युतीय गाडीको संख्या उल्लेख्य बढेको छ । सरकारले यस्ता गाडीमा भन्सार र अन्तःशुल्क कम गरेपछि ईभी बजार चलायमान बनेको हो ।

नयाँ गाडी किन्ने मात्रै नभई अपग्रेड गर्ने वा फेर्ने ग्राहकको रोजाइमा पनि ईभी पर्न थालेको छ । बढ्दो मागलाई मध्यनजर गरेर कम्पनीहरूले पनि धमाधम ईभी गाडी भित्र्याइरहेका छन् । ईभी गाडीतर्फ नेपालमा चिनियाँ वर्चश्व छ । भारतीय कम्पनीले पनि धमाधम ईभी गाडी ल्याइरहेका छन् ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ६ जेठ २०८२, मंगलबार  १२ : ३४ बजे

डलरको मूल्य घट्यो : आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ– आज २०८२ साल चैत २० गते शुक्रबार वैशाख कृष्ण

आज २०८२ साल चैत २० गते  शुक्रबारको राशिफल 

काठमाडौँ– आज २०८२ साल चैत २० गते शुक्रबार वैशाख कृष्ण

पश्चिम एसिया द्वन्द्वका कारण छ लाखभन्दा बढी यात्रु भारत फर्किए

नयाँदिल्ली – अमेरिका–इजरायल र इरानबीचको द्वन्द्व दोस्रो महिनामा प्रवेश गरिरहँदा

गृहमन्त्री नपाएका डिपीलाई रास्वपाले सभामुखमा अघि सार्ने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाकालदेखि नै उपसभापति बनेका डिपी