जनप्रतिनिधिको भूमिका कमजोर बनाउने प्रयास उचित होइन : सूर्य थापा « Khabarhub

जनप्रतिनिधिको भूमिका कमजोर बनाउने प्रयास उचित होइन : सूर्य थापा


६ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका सांसद सूर्य बहादुर थापा क्षेत्रीले निर्वाचन क्षेत्रको विकास प्रक्रियामा जननिर्वाचित सांसदहरूको भूमिकालाई प्रभावकारी बनाउनुपर्ने बताएका छन् । 

मंगलबार प्रतिनिधिसभा बैठकको शुन्य समयमा सांसद थापाले प्रत्यक्ष निर्वाचित सांसदहरूले आफ्नो निर्वाचन क्षेत्रमा सक्रिय योगदान दिने प्रतिबद्धता दलहरूको घोषणापत्रमा नै उल्लेख भएकाले निर्वाचन क्षेत्रको विकास प्रक्रियामा जननिर्वाचित सांसदहरूको भूमिकालाई प्रभावकारी बनाउनुपर्ने बताएका हुन्  । 

तर समाजमा एकथरी मानिसहरूले यस कार्यमा सांसदलाई अलग गर्नुपर्ने भनेर पूर्वाग्रही एवं नकारात्मक भाष्य निर्माणमा लागेको उनले गुनासो गरे । 

उनले दलको घोषणापत्रमा गरिएका प्रतिविद्धताका आधारमा नै जनताको विश्वास जितेर निर्वाचित भएको बस्तुगत यथार्थलाई बजेट विनियोजनका क्रममा हेक्का राख्नुपर्ने धारणा राखे ।

सांसद थापाले सांसदहरूलाई कोष नभई योजना सिफारिस गर्ने अधिकार दिँदा त्यस विरुद्ध बकवास हुने गरेको उल्लेख गरे । बजेट सुन्ने, छलफल गर्ने र पारित गर्ने सांसदहरूको संवैधानिक र कानूनी अधिकार भएको उनको भनाइ छ । 

उनले निर्वाचन सांसदहरूको भूमिकालाई कमजोर बनाउने कार्य उचित र सही हुन नसक्ने जिकिर गरे । यसबाट व्यवस्था विरोध र अस्थीरतावादीहरु हौसिने तथा अनावश्यक रूपमा आम नागरिक र मतदाता थप असन्तुष्ट र निराश हुने अवस्था आउन सक्ने उनले बताए । 

प्रकाशित मिति : ६ जेठ २०८२, मंगलबार  १ : १० बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी