काङ्ग्रेसको भागमा गभर्नर दिन अर्थमन्त्रीले डाके सिफारिस समिति बैठक « Khabarhub

काङ्ग्रेसको भागमा गभर्नर दिन अर्थमन्त्रीले डाके सिफारिस समिति बैठक


६ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


891
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज अपराह्न बस्नेगरी गभर्नर सिफारिस समितिको बैठक डाकेका छन्‌ । बैठक लगत्तै सम्भव भएसम्म आजै मन्त्रिपरिषद्‌ बैठक डाकेर नेपाल राष्ट्र बैंकका लागि नयाँ गभर्नर नियुक्ति तयारीमा सरकार जुटेको हो ।

सत्ता गठबन्धनको प्रमुख घटक नेपाली काङ्ग्रेसले सिफारिस गरेका विश्व पौडेललाई नै गभर्नर बनाउने कसरत भइरहेको छ । यसअघि काङ्ग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई गभर्नर बनाउने आश्वासन दिएर राजीनामा नै गर्न लगाएका थिए ।

तर, भट्टलाई गभर्नर बनाउने प्रस्तावमा प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली सहमत नभएपछि दुई दलका शीर्ष नेताबीच दूरी बढेको थियो ।

प्रधानमन्त्री ओलीले गभर्नर नियुक्तिबारे छलफल गर्न भन्दै काङ्ग्रेस सभापति देउवालाई सोमबार बेलुकी बालुवाटारमा बोलाएका थिए । तर, आफूले प्रस्ताव गरेका एकपछि अर्को नाम अस्वीकार गरेका ओलीसँग गभर्नर नियुक्ति मामिलामा थप छलफल नगर्ने भन्दै देउवाले निम्तो नै अस्वीकार गरेका थिए ।

त्यस्तो व्यवहारबाट झस्किएका ओलीले अर्थमन्त्री पौडेललाई देउवाकै इच्छाबमोजिम गभर्नर नियुक्त गर्नेगरी सिफारिस समिति बैठक बोलाउन निर्देशन दिएका थिए । अर्थमन्त्री पौडेलले पनि सोहीअनुसार बैठक बोलाएका हुन् ।

निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई २०८१ चैत २२ गते बिदाइ गरेयता नेपाल राष्ट्र बैंक गभर्नरविहीन छ । सङ्लग्न सदस्य र एकपछि अर्को राजीनामाले गभर्नर सिफारिस समिति नै विवादित बनेको छ ।

समितिमा काङ्ग्रेसकै तर्फबाट नियुक्त भएका विश्व पौडेल आफैँ गभर्नर बन्ने दौडमा लागेर राजीनामा दिएपछि वैशाख ३१ मा अर्थमन्त्री पौडेलले डा. पोषराज पाण्डेलाई नियुक्त गरेका थिए ।

त्यसअघि सरकारले २०८१ चैत ११ गते अर्थमन्त्री पौडेलको नेतृत्वमा पूर्वगभर्नर विजयनाथ भट्टराई र काङ्ग्रेस नेता विश्व पौडेल रहनेगरी गभर्नर सिफारिस समिति गठन गरेको थियो ।

तर, पूर्वगभर्नर भट्टराईले वैशाख ८ गते समिति सदस्यबाट राजीनामा दिएका थिए । वैशाख १७ गते सरकारले भट्टराईको स्थानमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई नियुक्त गरेको थियो ।

आज बस्ने बैठकमा अर्थमन्त्री पौडेल, निवर्तमान गभर्नर अधिकारी र अर्थविद्‌ पाण्डेले नै नयाँ गभर्नरमा तीन जनाको नाम सिफारिस गर्नेछन्‌ ।

प्रकाशित मिति : ६ जेठ २०८२, मंगलबार  २ : २० बजे

प्रधानमन्त्री राष्ट्रसंघमा जान तयार : सरकारले थाल्यो तयारी, भोटेकोशी बाढी र जलवायु परिवर्तन मुख्य मुद्दा

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन जाने

बाढीपीडितलाई पूर्व प्रधानन्यायाधीश श्रेष्ठद्वारा राहत वितरण : जलवायु न्यायका लागि विश्वसँग आवाज उठाउनुपर्नेमा जोड

नुवाकोट– भोटेकोशी नदीको बाढीबाट प्रभावित भई ज्यान गुमाएका तथा विस्थापित भएका

हिजबुल्लाहको ड्रोन आक्रमणपछि दक्षिणी लेबनानमा इजरायलको जवाफी कारबाही

बेरुत- हिजबुल्लाहले आफ्ना सैनिकहरूलाई लक्षित गरी ड्रोन प्रहार गरेपछि इजरायली

विदेशबाट बाढी पीडितलाई सहयोग दिनेका लागि छुट्टै खाता चलाउन निर्देशन

काठमाडौं- सरकारले विदेशस्थित नेपाली नियोगहरूलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा

१३ सय ४१ शव भेटिँदा ९८ जनाको मात्रै सनाखत

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा बाढी गएको १२ दिन बितिसक्दा समेत