फिल्म ‘द ब्ल्यू लाइट’को निर्माण घोषणा « Khabarhub

फिल्म ‘द ब्ल्यू लाइट’को निर्माण घोषणा


६ जेष्ठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सन्तोष सेन निर्देशित फिल्म ‘बलिदान’का मुख्य सहायक निर्देशक बलिराम चौहानले ‘द ब्ल्यू लाइट’ निर्माणको घोषणा गरेका छन् ।

चौहानले मंगलबार एक थिम पोस्टर सार्वजनिक गर्दै निर्देशनमा डेब्यू गर्न लागेको जानकारी दिएका हुन् ।

यो फिल्म सन् २०२५ मै प्रदर्शनमा ल्याउने घोषणा गरिएको छ । निर्देशक चौहानका अनुसार फिल्ममा कलाकार चयनको काम भने बाँकी रहेको छ ।

उनले भने, ‘हामी बिस्तारै चलचित्रबारे थप जानकारी दिँदै जानेछौँ । कलाकारका लागि पनि केहीसँग कुरा भइरहेको छ । फाइनल भएपछि जानकारी दिन आउने छौँ ।’

स्टार कलाकारहरूलाई नै लिएर फिल्म गर्ने योजनमा चौहान रहेका छन् । स्काइफल पिक्चर्सको प्रस्तुति रहने यस फिल्मका निर्माता रमन ग्रे रहनेछन् ।

प्रकाशित मिति : ६ जेष्ठ २०८२, मंगलबार  ५ : ४८ बजे

नवरात्रको अन्तिम दिनः आज महानवमी

काठमाडौँ – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व

राष्ट्रिय टोलीको क्याम्प छाडेका रोनाल्डोलाई ३० दिनको प्रतिबन्ध र २५५ युरो जरिवाना

काठमाडौँ – पोर्चुगिज फुटबल महासङ्घ (एफपीएफ) ले राष्ट्रिय टोलीका कप्तान

लिग-२ मा नयाँ इतिहास : १ हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बने रोहित पाैडेल

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटर एवम् पूर्व कप्तान

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

आज २०८३ साल कात्तिक ३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६