हङकङका नेपाली स्रष्टालाई नेप्लिज एशोसियशनकाे सम्मान | Khabarhub Khabarhub

हङकङका नेपाली स्रष्टालाई नेप्लिज एशोसियशनकाे सम्मान


६ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


405
Shares
  • change font
  • change font
  • change font

हङकङ – हङकङलाई कर्मथलो बनाएर नेपाली साहित्य अनवरत सिर्जना गर्नेहरूका लागि आइतबार साँझ अविस्मरणीय रह्यो । विगत केही वर्षदेखि सामाजिक क्षेत्रमा सक्रिय ‘द नेप्लिज एशोसियशन हङकङ’ ले स्रष्टाहरूलाई सम्मान गरेको छ ।

स्रष्टाहरू दाजु गुरुङ, राजकुमार राई, बालिका बान्तवा, डम्बरकृष्ण श्रेष्ठ, चन्द्र मादेन आन्छन, जानु काम्बाङ लिम्बू, टङ्क सम्बाहाम्फे, नरजित राई, टोपबहादुर याक्खा, सुनिता गिरी, पूर्णिमा शाह, डोम राना, रमण गुरुङ, जुनु दिव्या राना, दीपा एवाई, बज्रकुमार राई र विशु सम औपचारिक कार्यक्रमबीच सम्मानित भए ।

सम्मानित दाजु गुरुङको ‘निरजोया’, ‘टाँकीका फूलहरू’ र ‘लाइसी’ आख्यान प्रकाशित छ । राजकुमार राईको ‘किवाहाङ’ उपन्यास आइसकेको छ ।

बालिकाले हालैमात्र ‘प्याउली’ उपन्यास बजारमा ल्याएकी छन् । अनुशील भनेर चिनिने सञ्चारकर्मी डम्बरकृष्ण श्रेष्ठ गजलकार र गीतकार हुन् । उनको पछिल्लो कृति ‘नेपाली प्रवासन : नियति र रहर’ प्रकाशित छ ।

टङ्क सम्बाहाम्फेले ‘युद्धभित्र उभिएका बुद्धहरू’ कविता सङ्ग्रह ल्याएका छन् । चन्द्र मादेन ‘आन्छन’ ले ‘आन्छनका कथाहरू’ ल्याएका छन् ।

ताप्लेजुङदेखि झापा हुँदै हङकङ र बेलायतलाई कर्मथलो बनाएकी स्रष्टा जानु काम्बाङ लिम्बूको निबन्ध सङ्ग्रह ‘फ्लाइन्डर्स फिल्डमा तमोरका सुसेलीहरू’, कथा सङ्ग्रह ‘नउघ्रेको जून’, कविता सङ्ग्रह ‘शिवरमा ईश्वर’, गीति एल्बम ‘अनुभव’, ‘जानु’ र ‘आँसुको लय’ बजारमा आइसकेको छ ।

नरजित राईको कविता सङ्ग्रह ‘मनका नदीहरू’, टोपबहादुर याक्खाको कविता सङ्ग्रह ‘आँधी रोकिएपछि’, सुनिता गिरीको कविता सङ्ग्रह ‘माइत जाने बाटो’, पूर्णिमा शाहको कविता सङ्ग्रह ‘सपनाको क्षितिज’, डोम रानाको कविता सङ्ग्रह ‘गोधुली किनारा’, रमण गुरुङको कविता सङ्ग्रह ‘आकार हामीले हिँडेर आएको बाटोको’, जुनु रानाको कविता सङ्ग्रह ‘रातो नदी’, दीपा एवाईको कविता सङ्ग्रह ‘श्वेत आकाङ्क्षा’, बज्रकुमार राईको गजल सङ्ग्रह ‘हत्केलामा आगो’ र विशु समको गीति सङ्ग्रह ‘परदेशी भूमि’ प्रकाशित छन् ।

हङकङलाई कर्मथलो बनाएर पनि नेपाली साहित्यमा निरन्तर योगदान दिएका स्रष्टालाई सम्मान गरिएको ‘द नेप्लिज एशोसियशन हङकङ’ का अध्यक्ष प्रदीप थापाले बताए ।

उनले भने, ‘चाहेर पनि साहित्यकार, कलाकार जोसुकै हुँदैन, लेखनसीप, कला, बौद्धिक हैसियत हुनु पर्छ, हाम्रो संस्थाले त्यस्ता साहित्यकारलाई सम्मान गरेको हो ।’

तस्बिरहरू – जुनु रानाको फेसबुक वालबाट

प्रकाशित मिति : ६ जेठ २०८२, मंगलबार  ६ : ४३ बजे

भोजपुरमा मतदाता नामावली सङ्कलनमा उत्साहजनक सहभागिता

भोजपुर- आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई

नलिनिकान्तका ‘हेरिटेज इन्डिया’ काठमाडौँमा प्रदर्शन

काठमाडौँ- भारतको गुजरात राज्यका अग्रज छविकार (४५ वर्षदेखि फोटोग्राफीमा सक्रिय)

जेन-जी आन्दोलनका घटनामा ३७५ जना पक्राउ

काठमाडौँ- भाद्र २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा

सशस्त्र प्रहरी अस्पतालमा नर्सिङ अध्ययन सुरु

काठमाडौँ- सशस्त्र प्रहरी बल नेपालले स्वास्थ्य उपचारको क्षेत्रमा दक्ष जनशक्ति

एमाले अध्यक्ष ओली र झलनाथ खनालबीच भेटवार्ता

भक्तपुर– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा(समाजवादी)का सम्मानित