हङकङका नेपाली स्रष्टालाई नेप्लिज एशोसियशनकाे सम्मान « Khabarhub

हङकङका नेपाली स्रष्टालाई नेप्लिज एशोसियशनकाे सम्मान


६ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


408
Shares
  • change font
  • change font
  • change font

हङकङ – हङकङलाई कर्मथलो बनाएर नेपाली साहित्य अनवरत सिर्जना गर्नेहरूका लागि आइतबार साँझ अविस्मरणीय रह्यो । विगत केही वर्षदेखि सामाजिक क्षेत्रमा सक्रिय ‘द नेप्लिज एशोसियशन हङकङ’ ले स्रष्टाहरूलाई सम्मान गरेको छ ।

स्रष्टाहरू दाजु गुरुङ, राजकुमार राई, बालिका बान्तवा, डम्बरकृष्ण श्रेष्ठ, चन्द्र मादेन आन्छन, जानु काम्बाङ लिम्बू, टङ्क सम्बाहाम्फे, नरजित राई, टोपबहादुर याक्खा, सुनिता गिरी, पूर्णिमा शाह, डोम राना, रमण गुरुङ, जुनु दिव्या राना, दीपा एवाई, बज्रकुमार राई र विशु सम औपचारिक कार्यक्रमबीच सम्मानित भए ।

सम्मानित दाजु गुरुङको ‘निरजोया’, ‘टाँकीका फूलहरू’ र ‘लाइसी’ आख्यान प्रकाशित छ । राजकुमार राईको ‘किवाहाङ’ उपन्यास आइसकेको छ ।

बालिकाले हालैमात्र ‘प्याउली’ उपन्यास बजारमा ल्याएकी छन् । अनुशील भनेर चिनिने सञ्चारकर्मी डम्बरकृष्ण श्रेष्ठ गजलकार र गीतकार हुन् । उनको पछिल्लो कृति ‘नेपाली प्रवासन : नियति र रहर’ प्रकाशित छ ।

टङ्क सम्बाहाम्फेले ‘युद्धभित्र उभिएका बुद्धहरू’ कविता सङ्ग्रह ल्याएका छन् । चन्द्र मादेन ‘आन्छन’ ले ‘आन्छनका कथाहरू’ ल्याएका छन् ।

ताप्लेजुङदेखि झापा हुँदै हङकङ र बेलायतलाई कर्मथलो बनाएकी स्रष्टा जानु काम्बाङ लिम्बूको निबन्ध सङ्ग्रह ‘फ्लाइन्डर्स फिल्डमा तमोरका सुसेलीहरू’, कथा सङ्ग्रह ‘नउघ्रेको जून’, कविता सङ्ग्रह ‘शिवरमा ईश्वर’, गीति एल्बम ‘अनुभव’, ‘जानु’ र ‘आँसुको लय’ बजारमा आइसकेको छ ।

नरजित राईको कविता सङ्ग्रह ‘मनका नदीहरू’, टोपबहादुर याक्खाको कविता सङ्ग्रह ‘आँधी रोकिएपछि’, सुनिता गिरीको कविता सङ्ग्रह ‘माइत जाने बाटो’, पूर्णिमा शाहको कविता सङ्ग्रह ‘सपनाको क्षितिज’, डोम रानाको कविता सङ्ग्रह ‘गोधुली किनारा’, रमण गुरुङको कविता सङ्ग्रह ‘आकार हामीले हिँडेर आएको बाटोको’, जुनु रानाको कविता सङ्ग्रह ‘रातो नदी’, दीपा एवाईको कविता सङ्ग्रह ‘श्वेत आकाङ्क्षा’, बज्रकुमार राईको गजल सङ्ग्रह ‘हत्केलामा आगो’ र विशु समको गीति सङ्ग्रह ‘परदेशी भूमि’ प्रकाशित छन् ।

हङकङलाई कर्मथलो बनाएर पनि नेपाली साहित्यमा निरन्तर योगदान दिएका स्रष्टालाई सम्मान गरिएको ‘द नेप्लिज एशोसियशन हङकङ’ का अध्यक्ष प्रदीप थापाले बताए ।

उनले भने, ‘चाहेर पनि साहित्यकार, कलाकार जोसुकै हुँदैन, लेखनसीप, कला, बौद्धिक हैसियत हुनु पर्छ, हाम्रो संस्थाले त्यस्ता साहित्यकारलाई सम्मान गरेको हो ।’

तस्बिरहरू – जुनु रानाको फेसबुक वालबाट

प्रकाशित मिति : ६ जेठ २०८२, मंगलबार  ६ : ४३ बजे

बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका पूर्वपदाधिकारी पक्राउ

काठमाडौं – नेपाल प्रहरीले बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका

सात वटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल

चितवन – बिरामीको चाप उच्च भएपछि भरतपुर अस्पतालले जिल्लाका सात

रास्वपा सांसद बमको चेतावनी : धैर्यताको परिक्षा लिने कुचेष्टा नगर्नू

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुकार बमले सामाजिक

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले

काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक