‘हेरा फेरी ३’ छोडेका परेशसँग अक्षय कुमारको लफडा, मागे २५ करोड रूपैयाँ क्षतिपूर्ति « Khabarhub

‘हेरा फेरी ३’ छोडेका परेशसँग अक्षय कुमारको लफडा, मागे २५ करोड रूपैयाँ क्षतिपूर्ति


६ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउडको फिल्मको हिट श्रृङ्खला ‘हेरा फेरी- ३’ गत अप्रिलदेखि छायाङ्कनरत छ । यस श्रृङ्खलामा अक्षय कुमार, सुनील शेट्टी र परेश रावलको रिल दोस्ती दर्शकले निकै रुचाएका छन् ।

फिल्ममा अक्षयले ‘राजु’, परेशले ‘बाबुराव’ र सुनीलले ‘घनश्याम’को भूमिकामा निर्वाह गरेका थिए । यो फिल्म बन्ने र बाबुराव, राजु र घनश्यामलाई फेरि ठूलोपर्दामा हेर्न पाउने भन्दै दर्शक उत्सुक बनेका थिए ।

बाबुरावको भूमिका निर्वाह गरेका परेशले यस फिल्मबाट बाहरिएको घोषणा गरेपछि यस श्रृङ्खलाका फ्यानहरु खिन्न भएका छन् ।

परेशले आफू यस फिल्मबाट बाहरिनुको कारण ‘सृजनात्मक मतभेद वा पारिश्रमिक’ नभएको बताएका छन् । भनेका छन्, ‘केही व्यक्तिगत कारणले म यो प्रोजेक्टमा रहने अवस्था रहेन ।’

उनले यस फिल्मबाट बाहिरिनुको कारण भने खुलाएका छैनन् ।

परेशले सम्झौता र ट्रेलरको छायाङ्कन गरिसकेपछि फिल्मबाट टाढिएको बुझिएको छ । उनले अग्रिम भुक्तानी पनि लिएर फिल्मलाई अलपत्र पारेको आरोप ‘हेरा फेरि-३’ निर्माण पक्षले लगाएको छ ।

भारतीय मिडिया हिन्दुस्तान टाइम्सका अनुसार परेशको बहिर्गमन जटिल बन्दै गएको छ । फिल्मका निर्मातासमेत रहेका नायक अक्षय कुमारले उनीसँग २५ करोड भारु क्षतिपूर्ति माग गरेका छन् ।

हिन्दुस्तान टाइम्सले स्रोत उल्लेख गर्दै अक्षयले परेशलाई मंगलबार लिगल नोटिस पठाएका समाचार प्रकाशन गरेको छ ।

अक्षयको ‘केप अफ गुड फिल्म्स’ले पठाइएको उक्त नोटिसमा परेश रावलले फिल्मबाट बाहिरिएर सम्झौता उल्लघङ्नको गरेको आरोप लगाइएको छ ।

यो अक्षय कुमारको ३५ वर्षे फिल्मी करियरमा पहिलो पटक हो यस्तो कानुनी कदम चालेको उनको सचिवालयको एक व्यक्तिले मिडियामा बोलेका छन् ।

परेशलाई यस फिल्मका लागि उनको सामान्य पारिश्रमिकभन्दा तीन गुणा बढी रकम दिइएको चर्चा छ ।

परेश रावलले निर्वाह गरेको बाबु भैया पात्रले दर्शकमाझ स्थापित पात्र हो । यस फिल्ममा उनको संवाद अहिले पनि सामाजिक सञ्जालमा लोकप्रिय छन् ।

प्रकाशित मिति : ६ जेठ २०८२, मंगलबार  ५ : ३६ बजे

रसुवामा उद्धार अभियान तीव्र, सेनाद्वारा १०९ जनाको हवाई उद्धार, सुरुङमा अझै मिलेन सफलता

काठमाडौं- रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई तथा

रसुवा बाढीका ८१ बेवारिसे शव देवघाटमा व्यवस्थापन गरियो (तस्बिरहरू)

चितवन– रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका तथा पहिचान खुल्न

भोटेकोशी बाढी : चीनको सीमाक्षेत्रबाट बगेका शव भारतसम्मै पुगे !

काठमाडौं – रसुवामा बाढी आएको पाँच दिनपछि पनि भारतमा लास

बाढीको छ दिनपछि पनि त्रिशूली बजारमा उस्तै छ विनाशको पीडा (तस्बिरहरू)

नुवाकोट- भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीको छ दिनपछि पनि