एकै परिवारका छ जनाले गरे मकालु हिमाल आरोहण « Khabarhub

एकै परिवारका छ जनाले गरे मकालु हिमाल आरोहण


६ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

किमाथाङ्का– सङ्खुवासभाको मकालु गाउँपालिका–२ का एकै परिवारका छ जनाले मकालु हिमाल आरोहण गरेका छन् ।

मकालु गाउँपालिका–२ का चार दाजुभाइ, एक बहिनी र एक छोरीले विश्वको पाँचौँ अग्लो आठ हजार ४८५ मिटरको मकालु हिमाल आरोहण गरेका हुन् । 

विश्व कीर्तिमानका लागि मकालु–२ का ङिमा ओङ्जुक शेर्पाका चार छोरा, एक छोरी र एक नातिनीले गत वैशाख २६ मा मकालु हिमाल आरोहण गरेको आरोही दलका सदस्य मुक्टुक लाक्पा शेर्पाले जानकारी दिए । 

कीर्तिमानीका लागि मुक्कुट, उनका भाइहरुरू ङिमा दोर्ची शेर्पा, आङ डी शेर्पा, पेछुम्वे शेर्पा, बहिनी पासाङ शेर्पा र उनकी २३ वर्षीया एनिमा शेर्पाले एकसाथ आरोहण गरेका हुन् । 

‘एउटै बुबाआमाका पाँच छोराछोरीसहित छ जनाले आरोहण गरेर कीर्तिमानी राख्ने हाम्रो परिवार पहिलो भएको छ’, बहिनी पासाङ याङ्जीले दाबी छ, ‘भदैनी २३ वर्षीया एनिमा मकालु हिमाल आरोहीमध्ये हालसम्मै कान्छी महिला भएको हाम्रो दाबी छ ।’

एकैसाथ आरोहण गरेर कीर्तिमान राखेको भन्दै उक्त परिवारलाई मकालु गाउँपालिका, नेपाल पत्रकार महासङ्घ सङ्खुवासभा र शेर्पा सङ्घले सम्मानसमेत गरेको छ । –रासस
 

प्रकाशित मिति : ६ जेठ २०८२, मंगलबार  ६ : ४६ बजे

समुदायमा भिजेकी निशा : नर्स हुँदै राजनीतिमा होमिएर बनिन् स्वास्थ्यमन्त्री

काठमाडौं – इनरुवाकी निशा मेहता स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेकी

कृषक परिवारका विक्रम : पत्रकार हुँदै राजनीतिमा लागेर सञ्चारमन्त्री

काठमाडौं– नवनियुक्त युवा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारमा डा.विक्रम

बालेन्द्र क्याबिनेट : स्वर्णिमलाई दोस्रो, सुधनलाई तेस्रो वरीयता

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको संघीय सरकारमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले

स्ट्रेट अफ होरमुज इरानको नियन्त्रणमा, विश्व बजारमा तेल आपूर्ति संकट गहिरिँदै

तेहरान– स्ट्रेट अफ होरमुज मा इरानले आफ्नो नियन्त्रणलाई औपचारिक बनाउँदै ‘टोल

बालेन्द्रले लिए प्रधानमन्त्री पदको शपथ

काठमाडौं- नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले प्रधानमन्त्री पदको शपथ लिएका छन्।