‘भारतले पाकिस्तानविरुद्ध गरेको कारवाही स्वभाविक’ « Khabarhub

‘भारतले पाकिस्तानविरुद्ध गरेको कारवाही स्वभाविक’


६ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्वासनमा रहेको अफगान संसदकी सदस्य मरियम सोलाइमानखिलले भारतले पाकिस्तानविरुद्ध सञ्चालन गरेको सैन्य कारवाही स्वभाविक भएको बताएकी छिन् । हाल अमेरिकामा रहेकी उनले पाकिस्तानले लामो समयदेखि आतंकवादलाई पाल्दै आएको समेत बताएकी छिन् ।

इण्डियन इकोनोमिक अब्जर्भरले उनलाई उद्धृत गर्दै लेखेको छ, ‘भारतले जे गर्‍यो, मेरो विचारमा त्यो आवश्यक थियो । पाकिस्तानले आतंकवादलाई पालिरहेको छ । कश्मीर गएर उनीहरुले निर्दोषलाई मारे ।’ उनले यस्तो घटनामा संलग्नलाई त्यसै छाड्न नमिल्ने समेत उल्लेख गरिन् ।

उनले भनिन्, ‘यसलाई त्यसै छाड्न मिल्दैन, र भारतले जस्तो आक्रमण गरिरहेको त्यो स्वभाविक छ । उनीहरुले आतंकवादको अड्डामा आक्रमण गरिरहेका छन् ।’

उनले पाकिस्तानले आफ्नै जनताविरुद्ध पनि आतंकवादी गतिविधि गरिरहेको आरोप लगाइन् । उनले भनिन्, ‘पाकिस्तान आतंकवादका लागि चिनिएको छ । हामीले अहिले कुराकानी गर्दै गर्दा पनि पाकिस्तानले आफ्नै जनतामाथि आतंकवादी गतिविधि गरिरहेको छ ।’

प्रकाशित मिति : ६ जेठ २०८२, मंगलबार  ४ : १३ बजे

जनकपुरधाममा मधेश प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरु

जनकपुरधाम– मधेश प्रदेश, गृह मन्त्रालय र सञ्चार तथा कानुन मन्त्रालयद्वारा

मध्यमार्गी ‘मोडल’मा पनि सभापति देउवा सकारात्मक नभएको कांग्रेस महामन्त्रीद्वयको दाबी

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले सभापति

सिन्धुलीमा बैंक लुटपाटमा संलग्न लुटेरा स्थानीयको नियन्त्रणमा

सिन्धुली– सिन्धुलीको घ्याङ्लेख गाउँपालिकामा रहेको एसबिआई बैंक लुटपाटमा संलग्न लुटेरालाई

सभापति देउवासँग कुरा नमिलेपछि बाहिरिए महामन्त्रीद्वय थापा र शर्मा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा

टिपर दुर्घटनामा एक युवकको मृत्यु

पाल्पा– पाल्पाको रिब्दीकोट गाउँपालिका–२ जोर्तेस्थित विश्वकर्मा मन्दिर नजिकै टिपर दुर्घटना