भारतविरुद्ध बहादुरी देखाएको भन्दै पाकिस्तानी सेना प्रमुखलाई बनाइयो फिल्ड मार्शल « Khabarhub

भारतविरुद्ध बहादुरी देखाएको भन्दै पाकिस्तानी सेना प्रमुखलाई बनाइयो फिल्ड मार्शल


६ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तान सरकारले सेना प्रमुख जनरल आसिम मुनीरलाई फिल्ड मार्शल पनि बनाउने निर्णय गरेको छ । यो निर्णय प्रधानमन्त्री शहबाज शरीफको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले गरेको हो ।

त्यस्तै, सरकारले वायु सेना प्रमुख एयर चिफ मार्शल जहीर अहमद बाबर सिद्दुलाई कार्यकाल सकिए पनि निरन्तर राख्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री कार्यालयद्वारा जारी विज्ञप्तिमा जनरल मुनीरको पदोन्नतिलाई उनको बहादुर नेतृत्व, रणनीतिक सोच र भारतविरुद्ध सञ्चालित सैन्य कारबाहीमा निभाएको महत्वपूर्ण भूमिकाका आधारमा गरिएको उल्लेख छ ।

विज्ञप्तिमा थप भनिएको छ, ‘प्रधानमन्त्री शहबाज शरीफले यो निर्णय लिनुअघि राष्ट्रपति आसिफ अली जरदारीसँग भेट गरेर परामर्श लिएका थिए ।’

सरकारको निर्णयपछि जनरल आसिम मुनीरले प्रतिक्रिया दिएका छन् । ‘म यो सम्मान पूरै देश, पाकिस्तानका सशस्त्र बलहरू, विशेषगरी नागरिक र सैनिक शहीदहरू तथा वरिष्ठ पूर्व सैनिकहरूलाई समर्पित गर्दछु।’

उनले पाकिस्तानको नेतृत्वले गरेको विश्वासप्रति आभार जनाएका छन् । ‘म पाकिस्तानका राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रिपरिषद्को विश्वासप्रति आभारी छु’, उनले भनेका छन् ।

प्रकाशित मिति : ६ जेठ २०८२, मंगलबार  ८ : ०५ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – आज २०८२ साल चैत २६ गते बिहीबार वैशाख

आज २०८२ साल चैत २६ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २६ गते बिहीबार वैशाख

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी