लुम्बिनी सरकारको बजेट विनियोजनप्रति कांग्रेस असन्तुष्ट « Khabarhub

लुम्बिनी सरकारको बजेट विनियोजनप्रति कांग्रेस असन्तुष्ट


६ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेसले लुम्बिनी प्रदेशमा न्यायोचित ढंगले बजेट विनियोजन नभएको भन्दै असन्तुष्टि व्यक्त गरेको छ । कांग्रेस लुम्बिनी प्रदेश कार्यसमिति सभापति अमरसिंह पुनले प्रदेश सरकारको बजेट विनियोजनप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।  

लुम्बिनी प्रदेश सरकारको वार्षिक कार्यक्रम तथा बजेटबारे प्रेस वक्तव्य जारी गर्दै उनको सचिवालयले भनेको छ, ‘लुम्बिनी प्रदेश सरकारले असार १ गते प्रदेश सभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०८२–८३ को वार्षिक कार्यक्रम तथा बजेटका सन्दर्भमा सभापतिको गम्भीर ध्यानाकर्षण भएको छ ।’ 

प्रदेश सरकारले संघीय शासन प्रणालीको मर्म, लोकतन्त्रबाट विकासको भावना, लुम्बिनी प्रदेशको समग्र विकासको न्यायोचित आवश्यकताविपरीत सरकारका मन्त्री तथा प्रतिनिधिहरूले आफ्नो र निश्चित स्वार्थ समूहको दबाबमा वार्षिक कार्यक्रम तथा बजेट निर्माण गरेको सभापति पुनको सचिवालयका प्रमुख अनुपम जीसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 

यस्ता छन् सभापति पुनको ध्यानाकर्षण भएका विषयहरू : 
– लुम्बिनी प्रदेशका सबै क्षेत्र तथा भूगोलमा आवश्यकताबमोजिम न्यायोचित, सन्तुलित, समानुपातिक र समावेशी रुपमा बजेट विनियोजन नभएको ।

– प्रदेशको समुन्नत विकास र समृद्धिको लागि आवश्यकताभन्दा पहुँच, राज्यशक्ति र निहित स्वार्थपूर्ति गर्न बजेट निर्माण भएको ।

– प्रदेशको बजेट निर्माण गर्दा आर्थिक अनुशासन तथा सामान्य नीतिगत सहभागिता नबनाई दायरा सङ्कुचन गरिएको र सम्बन्धित मन्त्रालय वा स्थानमा भन्दा बाहिर अनधिकृत व्यक्ति वा समूहको सहभागिता र अनधिकृत स्थलमा बजेट तयार गरेको ।

– समुन्नत प्रदेशको लागी दूरगामी महत्व तथा क्षेत्रगत रणनीतिक कार्यक्रमको भन्दा अल्पकालीन लाभका कार्यक्रमलाई विशेष जोड दिएको ।

-विषयगत निकाय तथा कार्यालयहरूबाट प्राथमिकताका आधारमा पूर्वतयारी पूरा भई आएका कार्यक्रमलाई बेवास्ता गरी सम्बन्धित नेतृत्वको स्वविवेक तथा टुक्रे योजना-कार्यक्रमलाई प्राथमिकता दिएको ।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  १२ : ०३ बजे

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै

निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा निर्वाचनमा क-कसलाई लाग्छ आचारसंहिता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि निर्धारित कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर