अजयको ‘सन अफ सरदार २’ जुलाई २० बाट प्रदर्शनमा आउने « Khabarhub

अजयको ‘सन अफ सरदार २’ जुलाई २० बाट प्रदर्शनमा आउने


६ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सन् २०१२ मा प्रदर्शनमा आएको बलिउड फिल्म ‘सन अफ सरदार’को सिक्वेल ‘सन अफ सरदार २’ लिएर नायक अजय देवगन दर्शक समक्ष आउँदैछन् ।

फिल्मको प्रदर्शन मिति आगामी जुलाई २० लाई तोकिएको छ । अजयले सामाजिक सञ्जालबाट बिहीबार पोस्टर सार्वजनिक गरी यस फिल्मको प्रदर्शन मितिबारे जानकारी दिएका हुन् ।

पोस्टरमा अजय दुई युद्ध ट्याङ्माथि उभिएका छन् । पहेँलो पगरी लगाएर उनी सरदार लुक्समा देखिन्छन् ।

सिक्वेलमा पनि अजय ‘जस्सी’को भूमिकामा नै रहेको बताइएको छ । यस फिल्ममा उनीसहित नायिका मृणाल ठाकुर, सञ्जय मिश्र र रवि किशन मुख्य भूमिकामा रहेको बताइएको छ ।

‘सन अफ सरदार’मा मुख्य खलपात्र सञ्जय दत्त थिए । सिक्वेलमा भने मुख्य खलपात्रको भूमिकामा रवि किशन रहेको बताइएको छ ।

प्रदर्शन मिति तोकिएसँगै अजय यो फिल्मको प्रचारमा जुटिसेकेका छन् । उनी प्रचारका लागि ‘द ग्रेट इन्डिनय कपिल शो’मा पुगेका छन् । उक्त कार्यक्रम शनिबार सार्वजनिक हुनेछ ।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  ४ : ३० बजे

विश्वकप लिग-२ : जित्नै पर्ने दबाबमा रहेको नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलामा

अमेरिका-साउदीले गरे आणविक सम्झौता: ऊर्जा सहकार्य कि नयाँ सुरक्षा जोखिम ?

काठमाडौँ – अमेरिका र साउदी अरेबियाबीच एक महत्त्वपूर्ण परमाणु सम्झौतामा

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल साउन ७ गते बिहीबार सन् २०२६

आज २०८३ साल साउन ७ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन ७ गते बिहीबार सन् २०२६