ट्रम्पलाई अदालतले दियो एलएमा नेसनल गार्ड नियन्त्रण गर्न अनुमति « Khabarhub

ट्रम्पलाई अदालतले दियो एलएमा नेसनल गार्ड नियन्त्रण गर्न अनुमति


६ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


447
Shares
  • change font
  • change font
  • change font

सान फ्रान्सिस्को- क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमको आपत्तिका बावजु अमेरिकी अपील अदालतले बिहीबार राष्ट्रपति डोनाल्ड ट्रम्पले लस एन्जलस (एलए) मा नेसनल गार्ड सेनाको नियन्त्रण जारी राख्न सक्ने फैसला गरेको छ ।

तीन न्यायाधीशको प्यानलले ३८ पृष्ठको सर्वसम्मत फैसलामा ट्रम्पको ‘क्यालिफोर्नियाका गभर्नर ‘मार्फत’ प्रत्यक्ष रूपमा सङ्घीयकरण आदेश जारी गर्न असफल भएको कुराले नेसनल गार्डलाई बोलाउने उनको अन्यथा वैधानिक अधिकारलाई सीमित गर्दैन’ भनेको छ ।

न्यायाधीशहरूले लेखेका छन्, ‘सङ्घीय कार्यहरू गर्ने सङ्घीय कर्मचारीहरूको सुरक्षा गर्न र सङ्घीय सम्पत्तिको रक्षा गर्न ट्रम्पले नेसनल गार्डका चार हजार सदस्यलाई ६० दिनका लागि सेवामा राख्न आदेश दिएपछि ट्रम्प आफ्नो अधिकारभित्र हुनुहुन्थ्यो ।’

बिहीबार राति ट्रुथ सोसलमा एक पोस्टमा ट्रम्पले यो निर्णयलाई ‘ठूलो जीत’ भन्दै खुशी मनाए ।

‘संयुक्त राज्य अमेरिकाभरि यदि हाम्रा सहरहरू र हाम्रा मानिसहरूलाई सुरक्षा चाहिन्छ भने राज्य र स्थानीय प्रहरी जुनसुकै कारणले काम पूरा गर्न असमर्थ भएमा हामी नै तिनीहरूलाई त्यो दिने व्यक्ति हौँ’, ट्रम्पले लेखेका छन् । 

गत हप्ता तल्लो अदालतका न्यायाधीशले प्रदर्शनले प्रभावित लस एन्जलसमा तिनीहरूलाई तैनाथ गर्ने राष्ट्रपतिको निर्णय ‘अवैध’ थियो भन्दै ट्रम्पलाई क्यालिफोर्निया नेसनल गार्डको नियन्त्रण न्युसमलाई फिर्ता गर्न आदेश दिएका थिए ।
 
सन् १९६५ पछि पहिलो पटक अमेरिकी राष्ट्रपतिले राज्यका गभर्नरको इच्छा विपरीत नेसनल गार्ड तैनाथ गरेका थिए ।

न्युयोर्क टाइम्सका अनुसार ट्रम्पले अमेरिकी अपिल अदालत नवौँ सर्किटको प्यानलमा दुई न्यायाधीश नियुक्त गरेका थिए र पूर्वराष्ट्रपति जो बाइडेनले तेस्रो न्यायाधीश नियुक्त गरेका थिए । रासस

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  १ : ३१ बजे

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्य ओरालो लाग्नेक्रम जारी रहेको छ

कैलालीको सत्ती भन्सार कार्यालय : राजस्व सङ्कलनमा कमी

कैलाली– टीकापुर नगरपालिका–९ स्थित सत्ती भन्सार कार्यालयले चालु आर्थिक वर्षको

एमाले संसदीय दलको जिम्मेवारी पाए खुट्टा कमाउँदिन: सुहाङ नेम्वाङ

काठमाडौँ- नयाँ सरकारको गठन प्रक्रिया अगाडि बढ्दा नेकपा (एमाले)मा संसदीय

जेनजी आन्दोलन घटनाको प्रतिवेदन सार्वजनिक गर्न त्रिचन्द्र स्ववियुको दबाब (तस्बिरहरू)

काठमाडौँ– त्रिचन्द्र क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले गत भदौ

कोलम्बियामा सैन्य विमान दुर्घटना: ६६ जनाको मृत्यु

रोयटर्स – कोलम्बियामा सैन्य विमान उड्ने क्रममा दुर्घटना हुँदा ६६