११ महिनामा १९ अर्बको चामल र २० अर्बको धान आयात « Khabarhub

११ महिनामा १९ अर्बको चामल र २० अर्बको धान आयात


६ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा झण्डै १९ अर्ब बराबरको चामल आयात भएको छ । 

भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ११ महिना अवधिमा नेपालमा १८ अर्ब ९५ करोड १९ लाख ४५ हजार रुपैयाँ बराबरको चामल आयात भएको छ ।

समीक्षा अवधिमा आयात भएको चामल मध्ये सात अर्ब २६ करोड ८४ लाख ७० हजार रुपैयाँ बराबरको बासमती चामल आयात भएको विभागले जनाएको छ ।

त्यस्तै, सो अवधिमा नेपालमा झण्डै २० अर्ब बराबरको धान आयात भएको छ । विभागको तथ्यांकले ११ महिनाको अवधिमा १९ अर्ब ९९ करोड नौ लाख २१ हजार रुपैयाँ बराबरको धान आयात भएको देखाएको हो ।

साथै, सो अवधिमा नेपालमा एक अर्ब १६ करोड ६२ लाख ३५ हजार रुपैयाँ बराबरको धानको बिउ आयात भएको छ ।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  १ : ५१ बजे

अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै

नेप्से परिसूचकमा सामान्य अंकको गिरावट

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचकमा सामान्य अंकको गिरावट देखिएको छ। 

राष्ट्रिय सभाको हिउँदे अधिवेशन माघ ४ गते बोलाउन सिफारिस

काठमाडौं– सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले संघीय संसद्को माथिल्लो सदन

दलबल लिएर देउवा भेट्न पुगे शेखर

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासहितको टोली शेरबहादुर देउवालाई भेट्न

गगन-विश्वलाई कार्यवाहक सभापति खड्काले‍ भने : नियमित महाधिवेशनबाट नेतृत्व फैरौँ, पार्टी फुटाउने गतिविधि रोकौँ

काठमाडौं- नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी एकतामा प्रतिकूल