बेलायती सैन्य बेसमा पसे प्रो-प्यालेस्टिनी कार्यकर्ता, दुई लडाकु विमानमा क्षति « Khabarhub

बेलायती सैन्य बेसमा पसे प्रो-प्यालेस्टिनी कार्यकर्ता, दुई लडाकु विमानमा क्षति


६ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


501
Shares
  • change font
  • change font
  • change font

लण्डन- बेलायतमा प्यालेस्टिनी समर्थक कार्यकर्ताहरूले एक सैन्य एयरबेसमा तोडफोड गर्दै दुईवटा विमानमा क्षति पुर्‍याएको दाबी गरेका छन् ।

प्यालेस्टाइन एक्शन नामक समूहले ओक्सफोर्डशायरस्थित ब्राइज नोर्टन रोयल एयर फोर्स बेसमा आफ्ना दुई कार्यकर्ता घुसेर दुइवटा भोयागर विमानमा क्षति पुर्‍याएको जनाएको छ। ती विमानहरू इन्धन भर्न र सैनिक ढुवानीका लागि प्रयोग गरिन्छन्।

समूहले जारी गरेको वक्तव्यअनुसार उसका कार्यकर्ताहरू विद्युतीय स्कूटरमा विमानसम्म पुगेका थिए ।

त्यसपछि आगो निभाउने यन्त्र प्रयोग गरी रातो रङ (रगतको प्रतीक) विमान र रनवेमा छरिएको थियो । क्रोबार प्रयोग गरेर विमानमा थप क्षति पुर्‍याइएको उक्त समूहले जनाएको छ।

एक कार्यकर्ताले भने, ‘इजरायली सरकारको आलोचना गर्दै आएको बेलायतले अझै पनि सैन्य सामग्री पठाउने, गाजामा निगरानी विमान उडाउन र अमेरिकी/इजरायली लडाकु विमानलाई इन्धन भर्ने काम गरिरहेको छ।’

विमानमा क्षति गरेपछि दुवै कार्यकर्ता सुरक्षा निगरानीबाट उम्किन सफल भएको समूहले दाबी गरेको छ।

बेलायती रक्षा मन्त्रालय र प्रहरीले हालसम्म यसबारे कुनै प्रतिक्रिया दिएका छैनन्। समूहले घटनाको भिडियोसमेत सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेको छ।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  ३ : ५३ बजे

विधानविपरीत केही व्यक्तिले विशेष महाधिवेशनका नाममा भेला डाके : कावा सभापति खड्का

काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले पार्टीको विधानविपरीत केही व्यक्तिहरूले

‘विशेष महाधिवेशन विखण्डनको थलो हो, त्यता नजाऊँ भन्दा मानेनन्’

काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले

सबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा नागरिक लगानी कोषद्वारा ५१ लाख सहयोग

काठमाडौं– गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा

तालमेलको टुंगो नभएपछि एमालेले सबै १६५ क्षेत्रमै उम्मेदवारी दिने

काठमाडौं- नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीसहितका शक्तिसँग तालमेल र