इरानमा शासन परिवर्तनको चर्चा अस्वीकार्य : क्रेमलिन प्रवक्ता « Khabarhub

इरानमा शासन परिवर्तनको चर्चा अस्वीकार्य : क्रेमलिन प्रवक्ता


६ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

मस्को– क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले रुसले इरानमा शासन परिवर्तनको कुनै पनि छलफललाई पूर्ण रूपमा अस्वीकार्य ठानेको बताएका छन् ।

‘यो अकल्पनीय छ । निस्सन्देह, यसको बारेमा खुलेर कुरा गर्नु पनि अस्वीकार्य हुनुपर्छ’, पेस्कोभले तेहरानमा सम्भावित शक्ति परिवर्तनका बारेमा पश्चिमी बयानबाजीको जवाफमा बेलायती समाचार आउटलेट स्काई न्युजलाई भने ।

इजरायल र इरानबीचको प्रत्यक्ष द्वन्द्वमा कुनै पनि अमेरिकी संलग्नताले स्थितिलाई उल्लेखनीय रूपमा बढाउने र यस क्षेत्रलाई अस्थिर बनाउने उनले चेतावनी दिए ।

‘स्थिति पहिले नै अत्यन्त तनावपूर्ण छ र यस क्षेत्रका लागि मात्र नभई विश्वव्यापी स्थिरताका लागि खतरा उत्पन्न भएको छ । द्वन्द्वको भूगोल विस्तार र सहभागीहरूको सङ्ख्या बढाउनु अझ खतरनाक हुनेछ’, उनले भने ।

पेस्कोभले  इजरायल–इरान द्वन्द्वमा अमेरिकी हस्तक्षेपले ‘पान्डोराको बाकस खोल्न सक्ने’ चेतावनी समेत दिएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टनलाई इरानी सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको कहाँ छन्भन्ने थाहा भएको तर उनलाई हाल ‘उन्मूलन’ गर्ने योजना नभएको बताएका थिए ।

ट्रम्पले इरानलाई ‘बिना शर्त आत्मसमर्पण’ गर्न पनि माग गरे । यद्यपि उनले इरानी लक्ष्यहरूमा इजरायली आक्रमणपछि वासिङ्टनको धैर्य ‘कमजोर’ भए तापनि सैन्य बल तैनाथ गर्नबाट बच्न रुचाउने बताए।

पेस्कोभले इरानका सर्वोच्च नेतामाथि कुनै पनि सम्भावित हत्याको प्रयासप्रति रुसको प्रतिक्रिया तीव्र रूपमा नकारात्मक हुने बताए । ‘हामी यस्तो कार्यको कडा निन्दा गर्नेछौँ’, उनले भने । रासस
 

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  ४ : २७ बजे

कांग्रेस महाधिवेशनमा ७ हजार ११४ मतदाता (नामावलीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा जारी रहेको छ

अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच भेटवार्ता

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको

यूईएफए नेसन्स लिग : बेल्जियममाथि फ्रान्सको सानदार जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सले सानदर जित निकालेको छ

कांग्रेस महाधिवेशन : आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ– काठमाडौँको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज