‘माग्ने बुढा’ले एकै फिल्मबाट लिए ६१ लाख पारिश्रमिक ! « Khabarhub

‘माग्ने बुढा’ले एकै फिल्मबाट लिए ६१ लाख पारिश्रमिक !


६ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अहिले अनमोल केसी र प्रदीप खड्काले लिने पारश्रिमकको चर्चामा हुन छोडेको छ । दर्शकले नपत्याउने भएर हुन सक्छ उनीहरूको पारिश्रमिकको हल्ला हुन छाडेको छ ।

गत वर्ष अनमोलले फिल्म ‘फर्की फर्की’मा ५० लाख पारिश्रमिक लिएको चर्चा थियो । निर्माण पक्षले उक्त पारिश्रमिक बराबरको कर तिरेको रसिद पनि सार्वजनिक गरेको थियो ।

स्टार नायकको मात्रै पारिश्रमिकको चर्चा चल्न छाडेको हो । पूरा ठप्प भएको होइन । अहिले बजारमा केदार घिमिरे ‘माग्ने बुढा’ महँगा कलाकारका रुपमा चर्चामा छन् ।

उनले ४० लाख घटेर फिल्म नै नखेल्ने चर्चा छ । फिल्म ‘माग्ने राजा’मा ५० लाख पारिश्रमिक बुझेको चर्चा थियो । यो फिल्मका निर्माता मुनाल घिमिरेले चर्चामा आएकोभन्दा बढी पारिश्रमिक केदारले बुझेको खुलासा गरेका छन् ।

निर्माण पक्षले शुक्रबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा फिल्मको पोस्टर सार्वजनिक गरेको थियो । केदार फिल्मको पात्रकै गेटअपमा आएका थिए । त्यहाँ केदारको पारिश्रमिकबारे सवाल-जवाफ भयो ।

निर्माता मुनालले भने, ‘उहाँसँग हाम्रो ६१ लाखको सम्झौता भएको छ । केही रकम उहाँले बुझिसक्नु भएको छ । केही कारोबार बाँकी छ ।’

केदारले पनि निर्माताको कुरालाई अस्वीकार गरेनन् । पूरै पारिश्रमिक आफ्नो हात परेपछि यस विषयमा थप बोल्ने उनले बताए ।

यदि केदारको ६१ लाख पारिश्रमिक लिएको साँचो भए उनी नेपालका सबैभन्दा महँगा कलाकार हुनेछन् ।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  ४ : ३५ बजे

पृथ्वी राजमार्ग अवरुद्ध हुँदा कलंकीदेखि बल्खुसम्म ट्रकको लाइन (तस्बिरहरू)

काठमाडौं– पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ट्रकका लाइन लागेका छन्

अध्ययन बिदापछि सेवा नफर्कने त्रिविका शिक्षक-कर्मचारीबाट १६ करोड ५० लाख असुल

काठमाडौं– त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा लिएपछि विश्वविद्यालयको नियमानुसार सेवामा नफर्किएका

अमेरिकासँग तत्काल वार्ता गर्ने योजना छैन : इरानी मिडिया

तेहरान– संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका पुगेको इरानी प्रतिनिधिमण्डलले

उत्तरी नाइजेरियामा सशस्त्र समूहको आक्रमण, ८७ जनाभन्दा बढी अपहरण

अबुजा- उत्तरी नाइजेरियामा शनिबारदेखि जारी सशस्त्र समूहको आक्रमणमा ८७ जनाभन्दा बढी

नेसनल मेडिकल कलेजका आवासीय चिकित्सकको आन्दोलनबारे संघद्वारा प्रधानमन्त्रीलाई पत्र

काठमाडौं– नेसनल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत प्रथम वर्षका आवासीय