‘माग्ने बुढा’ले एकै फिल्मबाट लिए ६१ लाख पारिश्रमिक ! « Khabarhub

‘माग्ने बुढा’ले एकै फिल्मबाट लिए ६१ लाख पारिश्रमिक !


६ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अहिले अनमोल केसी र प्रदीप खड्काले लिने पारश्रिमकको चर्चामा हुन छोडेको छ । दर्शकले नपत्याउने भएर हुन सक्छ उनीहरूको पारिश्रमिकको हल्ला हुन छाडेको छ ।

गत वर्ष अनमोलले फिल्म ‘फर्की फर्की’मा ५० लाख पारिश्रमिक लिएको चर्चा थियो । निर्माण पक्षले उक्त पारिश्रमिक बराबरको कर तिरेको रसिद पनि सार्वजनिक गरेको थियो ।

स्टार नायकको मात्रै पारिश्रमिकको चर्चा चल्न छाडेको हो । पूरा ठप्प भएको होइन । अहिले बजारमा केदार घिमिरे ‘माग्ने बुढा’ महँगा कलाकारका रुपमा चर्चामा छन् ।

उनले ४० लाख घटेर फिल्म नै नखेल्ने चर्चा छ । फिल्म ‘माग्ने राजा’मा ५० लाख पारिश्रमिक बुझेको चर्चा थियो । यो फिल्मका निर्माता मुनाल घिमिरेले चर्चामा आएकोभन्दा बढी पारिश्रमिक केदारले बुझेको खुलासा गरेका छन् ।

निर्माण पक्षले शुक्रबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा फिल्मको पोस्टर सार्वजनिक गरेको थियो । केदार फिल्मको पात्रकै गेटअपमा आएका थिए । त्यहाँ केदारको पारिश्रमिकबारे सवाल-जवाफ भयो ।

निर्माता मुनालले भने, ‘उहाँसँग हाम्रो ६१ लाखको सम्झौता भएको छ । केही रकम उहाँले बुझिसक्नु भएको छ । केही कारोबार बाँकी छ ।’

केदारले पनि निर्माताको कुरालाई अस्वीकार गरेनन् । पूरै पारिश्रमिक आफ्नो हात परेपछि यस विषयमा थप बोल्ने उनले बताए ।

यदि केदारको ६१ लाख पारिश्रमिक लिएको साँचो भए उनी नेपालका सबैभन्दा महँगा कलाकार हुनेछन् ।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  ४ : ३५ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको