वामपन्थी ध्रुवीकरणका लागि नेताहरूबीच छलफल | Khabarhub Khabarhub

वामपन्थी ध्रुवीकरणका लागि नेताहरूबीच छलफल


६ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


648
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा बाबुराम भट्टराई, नेपाल कम्युनिष्ट पार्टी (मसाल)का महासचिव मोहनविक्रम सिंह, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दबीच आज भेटवार्ता भएको छ ।

नेताहरूको भेटवार्तामा पछिल्लो राजनीतिक अवस्था, यथास्थितिवाद, पुनरुत्थानवाद र वामपन्थी आन्दोलनभित्र प्रकट भइरहेका विभिन्न अवसरवादी चरित्रबारे छलफल गरिएको हो ।

पछिल्लो राजनीतिक परिस्थिति र वामपन्थी एकताका विषयमा छलफल भएको थियो । वामपन्थी शक्तिहरूबीच वैचारिक, साङ्गठनिक धु्रवीकरण गर्ने विषयमा समीक्षा गरिएको छलफलमा सहभागी नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिए।

आगामी दिनमा शक्ति सन्तुलन, राष्ट्रिय स्वाधीनता, जनताको आर्थिक तथा सामाजिक रुपान्तरणका मुद्दामा साझा समझदारी कायम गर्न एकापसमा सहकार्य गर्ने विषयमा नेताहरूले प्रतिबद्धता व्यक्त गरे ।

उक्त बैठकमा सहभागी नेताहरूले वामपन्थी एकताको विकल्प नभएको ठहर गर्दै समान विचारधाराका दल तथा समूहसँग समन्वय र सहकार्य गर्ने निष्कर्ष निकालिएको छ ।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  १० : ०४ बजे

प्रदेश सरकारका निर्णयलाई पारदर्शी बनाइनेछ : मुख्यमन्त्री पाण्डे

गण्डकी– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकारका हरेक निर्णयलाई

आगलागीबाट २ लाख २५ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट

धनुषा– शहिदनगर नगरपालिका-२ मतौना बस्ने राम शरण यादवको घुम्ती पसलमा गए

जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ

डडेल्धुरा– अमरगढी नगरपालिका-१ स्याउले बजारस्थित आरती होटेलमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-१

ट्रम्प–पुटिन–जेलेन्स्की बैठक तय गर्न अमेरिका लागि परेको उपराष्ट्रपति भान्सको भनाइ

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका रुसी समकक्षीबीच यसै

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १८ जना पक्राउ

काठमाडौं– काठमाडौं महानगरपालिका-१६ माछापोखरीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७