आज २०८२ साल साउन ४ गते आइतबारको राशिफल « Khabarhub

आज २०८२ साल साउन ४ गते आइतबारको राशिफल


४ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल साउन ४ गते आइतबार। साउन कृष्ण पक्षको दशमी तिथि। तदनुसार सन् २०२५ जुलाई २० तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष: दिन राम्रो छ। गुम्न लागेको सम्पत्ति हात लाग्नेछ। व्यापार व्यवसायमा सहकार्य गरेर अघि बढ्नु फाइदा हुनेछ। स्वास्थ्य र शिक्षामा सफलता मिल्नेछ। राजनीतिक क्षेत्रमा ठगहरु सक्रिय छन्। सामाजिक क्षेत्रमा सेवाका अवसर मिल्नेछन्। वैदेशिक क्षेत्र पनि आज सबल देखिन्छ।

वृष : आफ्नै राशीमा चन्द्रमा पुगेकाले मन प्रशन्न रहनेछ। राज्यको माथिल्लो तहका मान्छेबाट सहयोग मिल्नेछ। खानपानमा ध्यान नदिँदा स्वास्थ्यमा समस्या हुनेछ।

मिथुन: आज तपाईंको खर्च बढ्नेछ। यात्रा अनावश्यक हुनेछ। राजनीतिक क्षेत्रमा पहुँच बढ्नेछ। परिवारमा तपाई शंकाको घेरामा पर्नुभएको छ। स्वास्थ्य र शिक्षामा भने सहजता रहनेछ।

कर्कट : एकादश भावमा चन्द्रमा पुगेका छन्। आम्दानीका दृष्टिले स्रोतहरु खुल्दै जानेछन्। व्यापार व्यवसायमा सफलता मिल्नेछ। सम्पत्तिको पछाडि दौडिएमा घाटा हुनेछ।

सिंह : दिन सामान्य राम्रो रहेको छ। भाग्यको स्थानमा चन्द्रमा पुगेका छन्। राजनीति र सामाजिक क्षेत्रमा तपाईको प्रशंसा हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। उत्तरको यात्रामा नजानु राम्रो हुनेछ।

कन्या: दिन राम्रो छ। स्वास्थ्य र शिक्षामा फाइदा हुनेछ। अर्काको सल्लाह लिएर अघि बढ्नुहोला। एकल निर्णयले फाइदा हुनेछ। गोपनीयता कायम गर्नु राम्रो हुनेछ।

तुला : दिन सामान्य रहेको छ। तपाईंमाथि श्रमशोषण गर्ने धेरै छन्। स्वास्थ्य र शिक्षामा भने तपाईंले गरको प्रयास सफल हुनेछ। परिवारको साथ र सहयोग लिएर अघि बढ्दा दिन सहज बित्नेछ ।

वृश्चिक : दिन राम्रो छ। परिवारमा घुमघामको योजना बन्नेछ। मन प्रशन्न हुनेछ। पढाई र प्रेम दुवैमा सफलता मिल्नेछ। स्वास्थ्यमा सुधार हुने योग छ।

धनु : शनिको प्रभावले मनमा खटपटी बढ्नेछ। पारिवारिक सम्बन्धमा समस्या आउनसक्छ। बिहान उठेर वरपिपलको दर्शन र शिव भजन सुन्नुहोला। शनिको प्रभाव कम गर्न सकिन्छ। विज्ञको सहयोग लिएर काम गर्दा नाफा हुनेछ।

मकर : दिन राम्रो छ। सम्पत्ति खर्च भए पनि राजनीति र सामाजिक क्षेत्रमा नाम र दाम रहनेछ। नयाँ वस्त्र धारण गर्न सकिन्छ। पराक्रम बढ्नेछ। लामो दुरीको सुखद् यात्रा तय हुनसक्छ।

कुम्भ : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। पेटसम्बन्धी स्वास्थ्य समस्या हुन सक्नेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयासबाट लाभ हुनेछ। राजनीतिमा आज चुप लागेर बस्नु उचित हुनेछ। परिवारको सल्लाह लिएर अघि बढ्नुहोला।

मीन : मध्ये साढेसाती भएपनि शुभग्रहको बहुमत छ। स्वास्थ्य र शिक्षामा लाभ मिल्नेछ। शत्रु बढ्नेछन्। थोरै बोलेर अघि बढ्नु उपयुक्त हुनेछ। पारिवारिक सम्बन्ध सुमधुर हुनेछ।

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  ५ : २१ बजे

सङ्खुवासभाको रिताक केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं– सङ्खुवासभाको रिताक आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

मकवानपुरको मनहरीमा बस दुर्घटना : २२ यात्रु घाइते

काठमाडौं – पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरीमा बस दुर्घटना भएको छ

माध्यमिक परिक्रमाको सातौँदिन : ध्रुवकुण्ड पुग्दै यात्री

महोत्तरी– १५ दिने मिथिला माध्यमिकी परिक्रमाका यात्री आज सातौँ दिन

मणिका धाममा फागुन १३ र १४ गते परम्परागत मेला लाग्ने

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ स्थित धार्मिक तथा पर्यटकीय क्षेत्र मणिका

नेपालगञ्ज भन्सार : सात महिनामा लक्ष्यको ४५ प्रतिशत राजस्व सङ्कलन

बाँके– नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको सात महिनामा लक्ष्यको