भियतनाममा डुङ्गा पल्टिदा ३४ जनाको मृत्यु | Khabarhub Khabarhub

भियतनाममा डुङ्गा पल्टिदा ३४ जनाको मृत्यु


४ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

भियतनाम – भियतनाममा खराब मौसमका कारण पर्यटक चढेको डुङ्गा पल्टिदा कम्तीमा ३४ जनाको ज्यान गएको छ। धेरै जना हराइ रहेका छन्।

भियतनामको उत्तरमा रहेको हाल लङ खाडीमा सो दुर्घटना भएको हो। धेरै जसो राजधानी हनोइबाट घुम्न गएका थिए।

उद्धारकर्ता अहिले पनि उद्धार कार्यमा संलग्न छन्। पानीबाट ११ जनालाई जीवित उद्धार गरिएको छ। आँधी बेरी आएपछि ओन्डर सिज नामको सो डुङ्गा पल्टिएको थियो। डुङ्गामा ५३ जना यात्रा गरिरहेका थिए।

प्रत्यक्षदर्शीले स्थानीय समय अनुसार दिउँसो २ बजे सो दुर्घटना भएको बताएका छन्। पानी परिरहेको थियो भने मेघ गर्जिरहेको थियो।

एक १० वर्षीय बालकको पनि उद्धार भएको छ। ठुलो स्वरले कराएपछि उद्धार गरिएको उनले बताएका छन्। त्यहाँ निकालिएको शव मध्य कम्तीमा ८ जना बालक रहेको जनाइएको छ। प्रधानमन्त्री फाम मीन चिन्हले मृतकका आफन्तप्रति समवेदना व्यक्त गरेका छन्।

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  ७ : ०९ बजे

एप्पल र ओपनएआइविरुद्ध मस्कले हाले मुद्दा

एजेन्सी – अमेरिकी उद्योगपति तथा संसारकै धनाढ्य एलन मस्कले विश्वविख्यात

प्रि-ओपन सेसन आपडेट : नेप्से ३ अंकले बढ्यो

काठमाडौं – प्रि-ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३ अंकले

सुनको मूल्य १५ सय रुपैयाँले बढ्यो, चाँदी कति बढ्यो ?

काठमाडौं – मंगलबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी रत्न

दीर्घरोगी, गर्भवती र स्तनपान गराउने आमालाई तीज व्रत नबस्न सुझाव

हरितालिका तीज विशेष गरी हिन्दु धर्म मान्ने महिलाले मनाउने एक

नेप्सेमा छ्याङदी हाइड्रोपावरको हकप्रद शेयर सूचिकृत

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा छ्याङदी हाइड्रोपावरको हकप्रद शेयर