मनास्लु क्षेत्र घुम्ने पर्यटकको सङ्ख्यामा वृद्धि « Khabarhub

मनास्लु क्षेत्र घुम्ने पर्यटकको सङ्ख्यामा वृद्धि


४ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

गोरखा– उत्तरी गोरखाको मनास्लु संरक्षण क्षेत्र घुम्न पुग्ने विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । आर्थिक वर्ष २०८१–०८२ मा मनास्लु क्षेत्रमा अहिलेसम्मकै धेरै विदेशी पर्यटक घुम्न पुगेका छन् ।

मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालय (एमक्याप) का प्रमुख सन्तोष शेरचनका अनुसार गत वर्ष साउनदेखि असार मसान्तसम्म एक वर्षको अवधिमा मनास्लु क्षेत्रमा १२ हजार ५१२ विदेशी पर्यटक घुम्न आएका छन् । ‘यो सङ्ख्या हालसम्मकै सर्वाधिक हो, मनास्लु क्षेत्रमा विदेशी पर्यटकको आर्कषण बढ्दै गएको छ’, प्रमुख शेरचनले भने।

मनास्लु क्षेत्रमा गत आवमा सार्क राष्ट्रका दुई सय ५३ र सार्क राष्ट्रबाहेक अन्य राष्ट्रका १२ हजार हजार दुई सय ४८ विदेशी पर्यटकले भ्रमण गरेका छन् । सोही अवधिमा ११ नेपाली पर्यटकले पनि शुल्क तिरेर मनास्लु क्षेत्रको भ्रमण गरेका छन् ।

मनास्लु क्षेत्रमा आव २०८०–८१ मा नौ हजार ७८३ विदेशी पर्यटकले भ्रमण गरेका थिए । अघिल्लो आवको तुलनामा गत आवमा झण्डै दुई हजार ७२९ बढी पर्यटक मनास्लु क्षेत्र पुगेका थिए ।

गत आवमा मनास्लु घुम्न पुग्ने विदेश पर्यटकमध्ये फ्रान्सका सबैभन्दा बढी थिए । फ्रान्सका सात सय ६३ पुरुष र ६ सय ४४ महिलाले मनास्लु क्षेत्रको भ्रमण गरेका थिए ।

त्यसबाहेक धेरैजसो जर्मनी, संयुक्त राज्य अमेरिका, नेदरल्याण्ड्स, इजरायल, बेलायत, अष्ट्रेलिया, स्पेन, रुस, क्यानडालगायत देशका पर्यटक मनास्लु क्षेत्र पुगेका थिए । मनास्लु क्षेत्रमा आव २०७९–०८० मा सात हजार ७५०, आव २०७८–०७९ मा दुई हजार २२२ विदेशी पर्यटक घुम्न आएका थिए । (रासस)

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  ७ : ५७ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ २ गते शुक्रबार तदनुसार

आज २०८२ साल माघ २ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ २ गते शुक्रबार तदनुसार

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।