वन्यजन्तु जोगाउन संरक्षण पाठशाला सञ्चालन | Khabarhub Khabarhub

वन्यजन्तु जोगाउन संरक्षण पाठशाला सञ्चालन


४ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

भरतपुर– चितवनमा वन्यजन्तु, बासस्थान संरक्षण र प्रदूषण नियन्त्रणसम्बन्धी सचेतना कक्षा सञ्चालन गरिएको छ ।

भरतपुर महानगरपालिका– २२ को पटलहरामा शनिबार संरक्षण पाठशाला कार्यक्रम गरिएको हो । कार्यक्रममा विद्यार्थी तहका बालबालिकालाई सहभागी गराइएको थियो ।

पाठशालामा वन्यजन्तुको जानकारी, बासस्थान, आहारा, जीवन र आनीबानीबारेमा बालबालिकालाई प्रशिक्षण दिइएको छ । बढ्दो प्रदूषणले गर्दा वन्यजन्तु, जलचर, नदीमाथि भइरहेको असरबारे सिकाइएको संरक्षणकर्मी अपिल घिमिरेले जानकारी दिए ।

सानो उमेर समूहदेखि संरक्षण सिकाइले जैविक विविधताको रक्षा, मानव वन्यजन्तुको सहअस्तित्वबारे बालबालिकालाई सकारात्मक र जिम्मेवार बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

नदी, सिमसार, ताल, नदीमा आश्रित चराहरूको अवस्था र संरक्षणबारे पनि पाठशालामा सिकाइएको छ । वन, नदी र जलाधार क्षेत्रमा प्लाष्टिकजन्य फोहरमैलाको कारणले सृजना गरेका नकारात्मक असरलाई न्यूनीकरण गर्न र जलवायु परिवर्तनबारे सूचित गर्दै आएको घिमिरेले बताए ।

उनले कार्यक्रमलाई निरन्तरता दिँदै मध्यवर्ती क्षेत्रका सबै बालबालिकालाई यो कार्यक्रममा सहभागी गराइने जानकारी दिए । सचेतना कक्षा विषय प्रशिक्षकसहित विज्ञहरूलाई समेत सहभागी गराइने उनको भनाइ छ । (रासस)

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  ९ : ४८ बजे

पशुपतिमा सहज दर्शनको व्यवस्था

काठमाडौं- यस वर्ष हरितालिका तीज पर्वमा पशुपतिनाथ मूल मन्दिर प्रवेश

रसुवा र तातोपानी नाका सञ्चालन गर्न चेम्बरको आग्रह

काठमाडौं- गत असारको भारी वर्षा र बाढीका कारण अवरुद्ध रसुवा

नयाँ नेपालको यात्रामा सहभागी हुन अध्यक्ष भट्टराईको आह्वान

काठमाडौं- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) नेपालका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री

राष्ट्रपतिद्वारा विपिनको रिहाइका लागि जोर्डनका राजासँग आग्रह

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले हमासले बन्धक बनाएका महेन्द्रनगरका विपिन जोशीको

ऊर्जामन्त्री खड्का र कोरियाली राजदूतबीच शिष्टाचार भेट, ऊर्जा सहकार्यका विषयमा छलफल

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्का र नेपालका लागि