मेयरको धम्कीपछि पत्रकार प्रजापति झुण्डिएको अवस्थामा मृत फेला | Khabarhub Khabarhub

मेयरको धम्कीपछि पत्रकार प्रजापति झुण्डिएको अवस्थामा मृत फेला


४ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

रौतहट– रौतहटका पत्रकार रवीन्द्र प्रजापति घरैमा झुन्डिएको अवस्थामा भेटिएका छन् । कटहरिया नगरपालिका– ५ निवासी ३० वर्षीय पत्रकार प्रजापति शनिबार साँझ घरमै झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् ।

उनी झुण्डिएको पासो काटेर परिवारले अस्पताल लगे पनि चिकित्सकले मृत घोषित गरेका थिए ।

इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी राजन कार्कीका अनुसार शव पोस्टमार्टका लागि गौर अस्पताल लगिएको छ ।

पत्रकार प्रजापति गरुडा म्यूजिकल एफएममा कार्यरत रहेर समाचार पढ्ने गर्थे । उनले स्थानीय पत्रिकामा समाचार पनि लेख्दै आएका थिए ।

उनले कटहरिया नगरपालिकाका मेयर अजयप्रकाश जयसवालबाट धम्की पाइरहेको पारिवारिक स्रोतले जनाएको छ । खानेपानी समस्यासम्बन्धी समाचार लेखेपछि उनलाई मेयर जयसवालले धम्की दिँदै गाली गरेको बताइएको छ ।

पारिवारिक स्रोतका अनुसार मेयर जयसवालले दिएको धम्कीका कारण पत्रकार प्रजापति केही समयदेखि तनावमा रहेको र डरले घरबाट बाहिरसमेत निस्किन छाडेका थिए ।

उनको आत्महत्यामा मेयरले दिएको धम्की मुख्य कारण हुनसक्ने स्थानीय बताउँछन् ।

मेयर जयसवालले पत्रकार प्रजापतिलाई दिएको धम्कीविरुद्ध प्रेस चौतारी रौतहट शाखाले गत जेठ २९ गते विज्ञप्तिसमेत जारी गरेको थियो ।

प्रेस चौतारी रौतहटका अध्यक्ष अशोक पहाडीले विज्ञप्ति जारी गर्दै पत्रकारलाई मेयर जयसवालले दिएको धम्कीबारे छानबिन गरी दोषीलाई कारबाही गर्न प्रशासनसँग माग गरेका छन् ।

गरुडाका डीएसपी राजन कार्कीले मृतक पत्रकार प्रजापतिलाई मेयर जयसवालले धम्की दिएको विषयमा जानकारी नआएको बताए ।

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  १० : ३८ बजे

रसुवा र तातोपानी नाका सञ्चालन गर्न चेम्बरको आग्रह

काठमाडौं- गत असारको भारी वर्षा र बाढीका कारण अवरुद्ध रसुवा

नयाँ नेपालको यात्रामा सहभागी हुन अध्यक्ष भट्टराईको आह्वान

काठमाडौं- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) नेपालका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री

राष्ट्रपतिद्वारा विपिनको रिहाइका लागि जोर्डनका राजासँग आग्रह

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले हमासले बन्धक बनाएका महेन्द्रनगरका विपिन जोशीको

ऊर्जामन्त्री खड्का र कोरियाली राजदूतबीच शिष्टाचार भेट, ऊर्जा सहकार्यका विषयमा छलफल

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्का र नेपालका लागि

प्रथम महिला पौडेलद्वारा पशुपतिनाथको पूजार्चना

काठमाडौं– हरितालिकाका अवसरमा प्रथम महिला सविता पौडेलले भगवान् पशुपतिनाथको पूजार्चना