राप्रपाबाट पदमुक्त गरिएका गिरी आयोगमा, लिङ्देन स्वेच्छाचारी बनेको आरोप | Khabarhub Khabarhub

राप्रपाबाट पदमुक्त गरिएका गिरी आयोगमा, लिङ्देन स्वेच्छाचारी बनेको आरोप


४ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शुक्रबार जिम्मेवारी मुक्त गरिएका उपाध्यक्ष मुकुन्दश्याम गिरी निर्वाचन आयोगमा पुगेका छन् ।

उनले शुक्रबार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले आफूलाई उपाध्यक्ष र केन्द्रीय सदस्यको जिम्मेवारीबाट हटाउने गरि गरेको निर्णयलाई आयोगमा कानुनी चुनौती दिएका हुन् ।

मनोनित उपाध्यक्ष गिरीले आफूलाई अध्यक्ष लिङ्देनले स्वेच्छाचारी ढंगबाट जिम्मेवारीदेखि हटाएको बताएका छन् ।

उहाँ (अध्यक्ष) ले कसैलाई पदमुक्त गर्न केन्द्रीय कार्यसमितिबाट निर्णय गराएर अनुशासन समितिमा पठाउनुपर्छ’, उनले भने, ‘अनुशासन समितिले छानबिन गर्दा चित्त बुझे नबुझेको विवरण केन्द्रीय समितिमा पठाउनुपर्छ । त्यसपछिमात्रै केन्द्रीय कार्यसमितिले कारबाहीको निर्णय लिने हो ।’

गिरीले लिङ्देन स्वेच्छारी ढंगले चलेको आरोप पनि लगाए । ‘उहाँले स्वेच्छाचारी ढंगले कारबाही गर्न पाउनु हुन्न’, उनले भने, ‘त्यसैले उहाँको स्वेच्छारी कदमविरुद्ध हामीले कानुनी चुनौती दिएका छौँ ।’

यसअघि लिङ्देनले असार २५ गते अनुशासन समितिको अध्यक्षबाट नवराज सुवेदी र प्रवक्ताबाट सगुनसुन्दर लावतीलाई पनि पदमुक्त गरेका थिए । उनीहरूले पनि आयोगमा कानुनी चुनौती दिइसकेका छन् ।

शुक्रबार नै बसेको पार्टीको अनुशासन समितिको बैठकले नीति सिद्धान्त र हितविपरीत हुने गरी कुनै पनि लिखित वा मौखक अभिव्यक्ति नदिन नेता कार्यकर्तालाई निर्देशन पनि दिएको थियो ।

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  १२ : ११ बजे

पशुपतिमा सहज दर्शनको व्यवस्था

काठमाडौं- यस वर्ष हरितालिका तीज पर्वमा पशुपतिनाथ मूल मन्दिर प्रवेश

रसुवा र तातोपानी नाका सञ्चालन गर्न चेम्बरको आग्रह

काठमाडौं- गत असारको भारी वर्षा र बाढीका कारण अवरुद्ध रसुवा

नयाँ नेपालको यात्रामा सहभागी हुन अध्यक्ष भट्टराईको आह्वान

काठमाडौं- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) नेपालका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री

राष्ट्रपतिद्वारा विपिनको रिहाइका लागि जोर्डनका राजासँग आग्रह

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले हमासले बन्धक बनाएका महेन्द्रनगरका विपिन जोशीको

ऊर्जामन्त्री खड्का र कोरियाली राजदूतबीच शिष्टाचार भेट, ऊर्जा सहकार्यका विषयमा छलफल

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्का र नेपालका लागि