खडेरीले सुकायो कलधारा | Khabarhub Khabarhub

खडेरीले सुकायो कलधारा


४ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

सिरहा– लहान नगरपालिका-१ र २ मा पर्ने मटियर्वा र मिलन चोक क्षेत्रका मुसहर बस्तीमा खडेरीका कारण खानेपानीको सङ्कट चुलिँदै गएको छ । भूमिगत पानीको सतह घट्दै जाँदा हाते कलधारा सुक्न थालेपछि दर्जनौँ परिवार पिउने पानीको अभावमा परेका हुन् ।

खानेपानीको समस्या समाधान गर्न युवाको सक्रियतामा डिभिजन वन कार्यालय लहानसँग समन्वय गरी ट्याङ्करमार्फत पानी वितरण गरिएको छ । शुक्रबार र शनिबार दुई दिनमा करिब १० हजार लिटर पानी बस्तीमा पुर्‍याइएको स्थानीय युवा ओमप्रकाश यादवले जानकारी दिए ।

उनले भने, ‘स्थानीय मुसहर बस्तीका बासिन्दाको पानीको अभावमा दैनिकी कष्टकर बन्दै गएको थियो । सरकारी योजना पर्खेर बस्नुभन्दा पहिले हामी आफैँबाट पहल गर्न जरुरी लागेर ट्याङ्करको व्यवस्था गरेका हौँ ।’ उनका अनुसार आज पनि बस्तीमा ट्याङ्करबाट खानेपानी वितरण गरिने छ । 

डिभिजन वन कार्यालयका सूचना अधिकारी राधेश्याम चौधरीका अनुसार विभागसँग पानी वितरणका लागि छुट्टै बजेट नहुँदा युवाको सक्रियता र बस्तीको आवश्यकता देखेर तत्काल राहतस्वरूप पानी पुर्‍याइएको हो । 

उनले भने, ‘हामीसँग यस्ता राहतका लागि छुट्टै बजेट छैन, तर यहाँका युवाको पहल र स्थानीय आवश्यकताका आधारमा विपन्न दलित बस्तीमा पानी पुर्‍याइएको हो । आवश्यक परे अन्य क्षेत्रमा पनि वितरण गर्नेछौँ ।’

स्थानीय राजनीतिक कर्मी बालेश्वर यादवले बस्तीका प्रायः हातेपम्प सुकिसकेकाले समस्या बढ्दै गएको बताए । ‘ट्याङ्करले तत्काल राहत दिएको छ, तर दीर्घकालीन समाधानबिना यो समस्या बारम्बार दोहोरिनेछ’, उनले भने । 

स्थानीय युवा चन्द्रु यादवले भने, ‘यो समस्या केवल आजको होइन । भूमिगत पानीको अत्यधिक दोहन, चुरे फडानी र जलवायु परिवर्तनको असर हो । हामीले गरेको पहलले तत्काललाई राहत दिए पनि दीर्घकालीन समाधानका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकार सबैको समन्वय आवश्यक छ ।’ 

तीनै तहका सरकारले खानेपानीको समस्या समाधान गर्न दीर्घकालीन योजना बनाएर कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिए ।
 

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  १२ : ५५ बजे

पशुपतिमा सहज दर्शनको व्यवस्था

काठमाडौं- यस वर्ष हरितालिका तीज पर्वमा पशुपतिनाथ मूल मन्दिर प्रवेश

रसुवा र तातोपानी नाका सञ्चालन गर्न चेम्बरको आग्रह

काठमाडौं- गत असारको भारी वर्षा र बाढीका कारण अवरुद्ध रसुवा

नयाँ नेपालको यात्रामा सहभागी हुन अध्यक्ष भट्टराईको आह्वान

काठमाडौं- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) नेपालका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री

राष्ट्रपतिद्वारा विपिनको रिहाइका लागि जोर्डनका राजासँग आग्रह

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले हमासले बन्धक बनाएका महेन्द्रनगरका विपिन जोशीको

ऊर्जामन्त्री खड्का र कोरियाली राजदूतबीच शिष्टाचार भेट, ऊर्जा सहकार्यका विषयमा छलफल

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्का र नेपालका लागि