बाढीपहिरोले जोमसोम-कोरला सडक अवरुद्ध | Khabarhub Khabarhub

बाढीपहिरोले जोमसोम-कोरला सडक अवरुद्ध


४ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ– अविरल वर्षाका कारण उपल्लो मुस्ताङ जोड्ने जोमसोम–कोरला सडकमार्ग आज बिहानदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ । 

बिहानदेखि परेको  अविरल वर्षाका कारण उक्त सडकखण्डअन्तर्गत बारागुङ मुक्तिक्षेत्र–३ छुसाङस्थित ताङ्वे खोला र छुसाङस्थित मुस्ताङ गेट नजिककै बाढीका कारण सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

बारागुङ–३ छुसाङस्थित मुस्ताङ गेट नजिकैका सडक माथिबाट लेदो र गेग्रानसहितको पहिरो खसेको र बारागुङ–३ छुसाङस्थित ताङ्वे नजिकको खोलामा लेदोसहितको बाढीले सडक पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक विशाल अधिकारीले जानकारी दिए ।

ताङ्वे गाउँको नजिकको शाखा नदीमा लेदो र गेग्रानसहितको बाढीले करिब ३० मिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको इलाका प्रहरी कार्यालय छुसाङका प्रहरी सहायक निरीक्षक झलकबहादुर थापाले जानकारी दिए । 

सडक अवरुद्ध भएसँगै उपल्लो मुस्ताङ आवतजावत गर्ने सवारीसाधन अलपत्र परेका छन् । जिल्ला प्रहरी कार्यालय मुस्ताङले अवरुद्ध सडकमा यातायात सञ्चालनका लागि आवश्यक काम भइरहेको प्रहरीको भनाइ छ । 
 

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  १२ : ५७ बजे

पशुपतिमा सहज दर्शनको व्यवस्था

काठमाडौं- यस वर्ष हरितालिका तीज पर्वमा पशुपतिनाथ मूल मन्दिर प्रवेश

रसुवा र तातोपानी नाका सञ्चालन गर्न चेम्बरको आग्रह

काठमाडौं- गत असारको भारी वर्षा र बाढीका कारण अवरुद्ध रसुवा

नयाँ नेपालको यात्रामा सहभागी हुन अध्यक्ष भट्टराईको आह्वान

काठमाडौं- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) नेपालका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री

राष्ट्रपतिद्वारा विपिनको रिहाइका लागि जोर्डनका राजासँग आग्रह

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले हमासले बन्धक बनाएका महेन्द्रनगरका विपिन जोशीको

ऊर्जामन्त्री खड्का र कोरियाली राजदूतबीच शिष्टाचार भेट, ऊर्जा सहकार्यका विषयमा छलफल

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्का र नेपालका लागि