अपाङ्गता भएका व्यक्तिलाई अनुदानमा बाख्रा र मौरीको घार « Khabarhub

अपाङ्गता भएका व्यक्तिलाई अनुदानमा बाख्रा र मौरीको घार


४ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

गोरखा– गोरखाको भीमसेन थापा गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिलाई अनुदानमा उन्नत जातका बाख्रा र मौरीसहितका घार वितरण गरेको छ । 

गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिलाई जीविकोपार्जन तथा आर्थिक रूपमा आत्मनिर्भर बनाउन १६ जनालाई अनुदान उपलब्ध गराएको गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बञ्जराले जानकारी दिए ।

‘आवश्यकताका आधारमा अनुदानका लागि निवेदन पेस गर्न माग गरिएको थियो’, उनले भने, ‘मागका आधारमा नौ जनालाई बाख्रा, चार जनालाई मौरीका घार, एक जनालाई काठ चिर्ने मेसिन, एक जनालाई सिलाइ मेसिन र एक जनालाई ‘ड्राइपट’ उपलब्ध गराइएको हो ।’

आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका लक्षित वर्गलाई आत्मनिर्भर र स्वावलम्बी बनाउने उद्देश्यसहित अनुदान सहयोग कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष बञ्जराले बनाए । 
 

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  १ : ०३ बजे

नेतृत्व छोड्न संस्थापनकै दबाब, खड्कालाई हस्तान्तरण गर्न पनि तयार भएनन् देउवा

काठमाडौं- नेपाली कांग्रेसको विवादले गम्भीर मोड लिइरहँदा सभापति शेरबहादुर देउवा

चौथो कृषि जैविक विविधता दिवसका अवसरमा बृहत् रैथाने कृषि मेला

काठमाडौं– यही माघ १ गते चौथो राष्ट्रिय कृषि जैविक विविधता

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित, भोलि बिहान ८ बजे बस्ने

काठमाडौं– सानेपामा सुरु भएको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक केही

यो विद्रोह हो : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशन नियमित कार्यक्रम