मुकुललाई हटाएको विवरण अद्यावधिक नभएपछि रास्वपा महामन्त्री बुर्लाकोटी आयोगमा « Khabarhub

मुकुललाई हटाएको विवरण अद्यावधिक नभएपछि रास्वपा महामन्त्री बुर्लाकोटी आयोगमा


४ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


441
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्रीबाट हटाइएका मुकुल ढकालको विवरण एक वर्षसम्म अद्यावधिक नभएपछि वर्तमान महामन्त्री कविन्द्र बुर्लाकोटी निर्वाचन आयोगमा पुगेका छन् ।

काबारही गरेको एक वर्षसम्म पनि रास्वपाले विवरण अध्यावधिक नगरेको अवस्थामा कानुन व्यवसायीसहित बुर्लाकोटी ध्यानाकर्षण गराउन निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा पुगेका हुन् ।

उनले आफू रास्वपाको महामन्त्री हेरफेरको विवरण अझै अद्यावधिक नगरेको भन्दै आयोगप्रति रोष प्रकट गरेका छन् ।

रास्वपाको केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यको हेरफेर १५ महिनाअघि भएको थियो । तर त्यसपछि हालसम्म विवरण अद्यावधिक भएको अभिलेखबाट नदेखिएको आयोगले गत असार ६ गते जनाएको थियो ।

त्यहीकारण कानुनी रुपमा रास्वपाको महामन्त्री ढकाल नै भएको आयोगले जनाएको थियो । ढकालले पनि आफू कानुनी रुपमा महामन्त्री रहेको दाबी गरिरहेका छन् ।

त्यसबेला आयोगले भनेको थियो, ‘प्रस्तुत विषयमा तपाईंले यस आयोगमा मिति २०८२/०३/०४ मा दर्ता गर्नु भएको निवेदन माग बमोजिम राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यको हेरफेर भएको विवरण मिति २०८०/१२/२० मा अद्यावधिक भएको थियो । त्यसपछि हालसम्म अद्यावधिक भएको अभिलेखबाट नदेखिएको ब्यहोरा आदेशअनुसार अनुरोध छ।’

उता रास्वपाबाट निस्कासित महामन्त्री डा. मुकुल ढकालले आफूमाथि गरिएको कारबाहीविरुद्ध अदालतमा दिएको मुद्दा अझै विचाराधीन छ ।

यो अवस्थामा अदालतमा मुद्दा गएपछि अद्यावधिक प्रक्रिया रोक्नुपर्ने कारण नरहेको रास्वपा नेताहरूले बताइरहेका छन् । बुर्लाकोटीले पनि अदालतका नाममा पार्टीको निर्णय अद्याविधक गर्ने काम रोक्नु आपत्तिजनक रहेको बताए ।

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  १ : ११ बजे

ताप्लेजुङको पाथीभरा क्षेत्रमा पाँचौँ पटक हिमपात

ताप्लेजुङ– ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रमा हिमपात भएको छ । शुक्रबार

इटहरीमा आज ‘कोशी एक्सिलेन्स अवार्ड’ हुँदै  

इटहरी– कोशी प्रदेशका विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याएका व्यक्ति तथा

राजमार्ग क्षेत्रको जङ्गलमा टेलिकमको टावर

नवलपरासी– मुख्य राजमार्ग क्षेत्रमा यात्रा गर्दा मोबाइल नेटवर्क नटिप्ने समस्याका

काठमाडौँ महानगरबाट ‘डाउन सिन्ड्रोम’लगायत अवस्थाका परीक्षार्थीलाई विशेष व्यवस्था

काठमाडौँ– काठमाडौँ महानगरपालिका (कामपा)ले अटिजम, बौद्धिक अपाङ्गता, डाउन सिन्ड्रोमलगायत अवस्थाका

ईदले आपसी सद्भाव र एकताको भावना सुदृढ गर्छ : प्रधानमन्त्री कार्की

काठमाडौँ– प्रधानमन्त्री प्रधानमन्त्री सुशीला कार्कीले ईद–उल–फित्रको अवसरमा नेपालीबीच आपसी सम्मान,