दुग्ध उत्पादक किसानलाई २८ लाख रुपैयाँ अनुदान « Khabarhub

दुग्ध उत्पादक किसानलाई २८ लाख रुपैयाँ अनुदान


४ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकाले दुग्ध उत्पादक किसानलाई करिब २८ लाख रुपैयाँ अनुदान उपलब्ध गराएको छ । 

नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा नगरभित्रका दुग्ध उत्पादक किसानलाई २७ लाख ९२ हजार २९६ रुपैयाँ अनुदानस्वरुप उपलब्ध गराइएको जानकारी दिएको छ ।

नगरपालिकाले दुग्ध उत्पादक किसानलाई पाँच वटा सहकारीमा सङ्कलन भएको १३ लाख ९६ हजार १४८ लिटर दूधमा प्रतिलिटर दुई रुपैयाँका दरले अनुदान उपलब्ध गराइएको हो । 

नगरपालिकाका अनसार साना किसान कृषि सहकारी संस्था कावासोती–१४ मार्फत छ लाख ३५ हजार २७५ लिटर, एकीकृत दुग्ध विकास सहकारी संस्था कावासोती–८ मार्फत तीन लाख १९ हजार ६४ लिटर, जनकल्याण कृषि तथा दुग्ध सहकारी कावासोती–१७ मार्फत तीन लाख १६ हजार ९९२ लिटर, शिव मन्दिर महिला बहुउद्देश्यीय सहकारी कावासोती–२ मार्फत ५७ हजार ५८३ लिटर र नमुना दुग्ध उत्पादक सहकारी कावासोती–१७ मार्फत ६७ हजार २३३ लिटर दूध सङ्कलन भएको र सोही आधारमा अनुदान उपलब्ध गराइएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत लीलाराज पौडेलले जानकारी दिए । 

नगर प्रमुख विष्णुप्रसाद भुसालले अनुदानले किसानलाई प्रोत्साहन गर्ने विश्वास लिइएको बताए । ‘किसानलाई केही राहत होस् भन्ने उद्देश्यले अनुदान उपलब्ध गराइएको हो’, उनले भने । 

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  १ : ०८ बजे

खोटाङमा हावाहुरीले दर्जनौँ घरगोठ तथा विद्यालयको छाना उडायो

खोटाङ– गएराति वर्षासँगै चलेको हावाहुरीले खोटाङमा दर्जनौँ घरगोठ तथा विद्यालयको

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख पक्राउ

काठमाडौं- नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग

सुरेन्द्र पाण्डेले भने : अब एमाले बन्द कोठाको षडयन्त्रमा होइन, कार्यकर्ताको भावनामा चल्नुपर्छ

काठमाडौँ – नेकपा एमालेभित्रका विषयहरू बैठकमै उठाउनुपर्ने कि सामाजिक सञ्जालमार्फत

मनमोहन प्राविधिक विश्वविद्यालयले भन्यो : सी जिनपिङको पुस्तक जलाइएको छैन

काठमाडौँ– मनमोहन प्राविधिक विश्वविद्यालय मोरङले चिनियाँ राष्ट्रपतिको पुस्तक नजलाइएको दाबी

मीन विश्वकर्माले भने : कांग्रेसमा दुई सभापति छन्

काठमाडौँ– नेपाली कांग्रेसभित्रको विवाद फेरि सतहमा आएको छ । नेता