गोरखाको अजिरकोटमा स्याउ खेतीको परीक्षण सफल | Khabarhub Khabarhub

गोरखाको अजिरकोटमा स्याउ खेतीको परीक्षण सफल


४ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

गोरखा– अजिरकोट गाउँपालिकामा व्यावसायिक स्याउ खेतीको परीक्षण सफल भएको छ । वडा नं २ को मूलखर्क र नब्लुका दुई वटा स्याउ फार्ममा तीन वर्षअघि परीक्षणका रूपमा लगाइएको स्याउले यस वर्षदेखि उत्पादन दिन सुरु गरेको व्यवसायीले बताएका छन् । 

बिरुवामा ५० प्रतिशत अनुदान दिने कार्यक्रमअन्तर्गत अजिरकोट वडा नं २ मा समुन्द्रदेखि २२०० मिटर उचाइमा अवस्थित मूलखर्क जडीबुटी तथा स्याउ फार्म र नब्लु स्याउ फार्ममा लगाइएको स्याउका बोटमा यस वर्ष फल लागेका छन् । स्थानीय व्यवसायीहरू सञ्जीव लामाले मूलखर्क स्याउ फार्ममा ४०० र भीम तामाङले नब्लु स्याउ फार्ममा ४०० वटा बिरुवा रोपेका थिए । 

दुवै फार्ममा लगाइएको स्याउका बोटमा एक हजारदेखि एक हजार ५०० केजीसम्म फल फलेको पालिकाका कृषि विकास अधिकृत शम्भु थापाले बताए। ‘तीन वर्षअघि परीक्षणका रूपमा लगाएको अहिले दुवै फार्ममा लटरम्मै स्याउको दाना फलेका छन्, यसलाई परीक्षण सफल भएको मानेका छौँ’, उनले भने, ‘परीक्षण सफल भएसँगै व्यावसायिक स्याउ खेतीको क्षेत्र विस्तार गर्ने योजना पालिकाको छ ।’ 

पालिकाको वडा नं १ र २ स्याउ खेतीका लागि उपयोगी रहेको उनले जानकारी दिए । गाउँपालिकाले २०७९ सालमा परीक्षणका रूपमा स्याउका बिरुवा रोपेको व्यवसायी सञ्जीव लामाले बताए । 

‘इटलीबाट ल्याएको फुजी, रेड डेलिसियस र गाला जातको स्याउ परीक्षणका रूपमा लगाइएको थियो, त्यसमा पालिकाले ५० प्रतिशत अनुदान दिएको थियो’, उनले भने, ‘गत वर्ष पनि फल लागेको थियो, पहिलो वर्षको भएकाले टिपेर फ्याँक्यौँ । यस वर्षको उत्पादन बजार पुर्‍याउने योजना छ ।’

पालिकाले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा  व्यावसायिक स्याउ खेती कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । आगामी वर्ष पाँच हजार स्याउका बिरुवा किसानलाई वितरण गर्ने लक्ष्य गाउँपालिकाको रहेको कृषि शाखा प्रमुख शम्भु थापाले बताए । 

वडा नं १ र २ मा खेती विस्तार गरेर स्याउको पकेट क्षेत्र बनाउने योजना रहेको पालिका अध्यक्ष दीपक देवकोटा बताउँछन् । स्याउ खेतीलाई कृषि पर्यटनसँग जोड्ने लक्ष्य रहेको उनको भनाइ छ । 

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  १ : २० बजे

सुनको मूल्य १५ सय रुपैयाँले बढ्यो, चाँदी कति बढ्यो ?

काठमाडौं – मंगलबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी रत्न

दीर्घरोगी, गर्भवती र स्तनपान गराउने आमालाई तीज व्रत नबस्न सुझाव

हरितालिका तीज विशेष गरी हिन्दु धर्म मान्ने महिलाले मनाउने एक

नेप्सेमा छ्याङदी हाइड्रोपावरको हकप्रद शेयर सूचिकृत

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा छ्याङदी हाइड्रोपावरको हकप्रद शेयर

झापा इनर्जीको आइपीओ बाँडफाँड

काठमाडौं – झापा इनर्जी लिमिटेडको साधारण शेयर (आइपीओ) बाँडफाँड भएको

जीवन विकास लघुवित्तको संस्थापक शेयर बिक्रीमा

काठमाडौं– जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयरधनीका नाममा