त्रिलोकेश्वर महादेव मन्दिरमा सोमबारदेखि एक महिने श्रावणी महोत्सव हुने « Khabarhub

त्रिलोकेश्वर महादेव मन्दिरमा सोमबारदेखि एक महिने श्रावणी महोत्सव हुने


४ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– चाँगुनारायण नगरपालिका-७ बागेश्वरीस्थित प्रसिद्ध बागेहिटीस्थित त्रिलोकेश्वर महादेव मन्दिरमा लाग्ने एक महिने श्रावणी महोत्सव एवं शिवपुराण तथा नारायण पुराण महायज्ञको सम्पूर्ण तयारी पूरा भएको छ ।

‘नगरकोट भ्रमण वर्ष-२०८२’ को अवसर पारेर बागेहिटी संरक्षण समितिद्वारा यही साउन ५ गते सोमबारदेखि बागेहिटीस्थित त्रिलोकेश्वर महादेव मन्दिरमा लाग्ने श्रावणी महोत्सवको तयारी पूरा भएको आज सञ्चारकर्मीलाई जानकारी दिइएको हो ।

नगरकोट भ्रमण वर्षको अवसरमा चाँगुनारायण नगरपालिका क्षेत्रभित्र धार्मिक पर्यटकीय क्षेत्रको पहिचान एवं प्रचारप्रसार गर्ने उद्देश्यसहित आयोजना गर्न लागिएको श्रावणी महोत्सवमा सहभागी भई सफल पार्न चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले सम्पूर्ण सर्वसाधारण तथा पर्यटकलाई आह्वान गरे ।

उनले भने, ‘चाँगुनारायण नगरपालिका क्षेत्र पर्यटकीय प्राकृतिक दृष्टिकोणले सुन्दर मात्रै नभई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा अद्भुत छ । यहाँको रत्नागिरि पर्वत, वडा नं १ देखि ९ सम्मका धार्मिक एवं ऐतिहासिक क्षेत्र, मठमन्दिर र शिवालय सुन्दर छन् । भ्रमण वर्षले यस्ता मठमन्दिर तथा सम्पदाको प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धनमा टेवा दिनेछ । साउन महिनामा प्रत्येक वडामा रहेका शिवालयमा लाग्ने मेलाको वडागत रूपमा प्रचार गर्न र सहभागी हुन नगरवासीमा आग्रह गर्दछु ।’

नगरभित्रका ऐतिहासिक, धार्मिक क्षेत्र, मठमन्दिरको प्रचारप्रसार, संरक्षण र पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजनाअनुसार काम भइरहेको नगरप्रमुख खत्रीले बताए । 

तीन तले महादेवको नाममा प्रसिद्ध त्रिलोकेश्वर महादेव मन्दिरमा श्रावणी महोत्सवसँगै साउन ५ गतेदेखि १७ गतेसम्म शिवपुराण ज्ञान महायज्ञको आयोजना हुने आयोजक मूल समारोह समितिका रमेश अधिकारीले जानकारी दिए ।

यही साउन ५ गतेदेखि २६ गतेसम्म आयोजना हुने महोत्सवमा साउन ५ गतेदेखि १९ गतेसम्म शिवपुराण ज्ञान महायज्ञ र साउन १९ गतेदेखि २६ गतेसम्म नारायण महायज्ञको आयोजना हुने बताउँदै उनले महायज्ञमा विदुषी वाचिका यशोधा देवीबाट कथा प्रवचन हुने जानकारी दिए । 

उनले श्रावणी मेलाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिँदै धार्मिक पर्यटनको विकास एवं प्रचारप्रसारका लागि आयोजना गरिएको मेलामा भेटी तथा दानसमेत सङ्कलन गरिने जानकारी दिए । साउन ५ गते कलशयात्रा गरी महोत्सवको शुभारम्भ हुनेछ । रासस
 

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  १ : ४५ बजे

अपाङ्गता भएकी किशोरीमाथि जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ

बागलुङ – बागलुङमा अपाङ्गता भएकी १७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी

युक्रेनले रूसको निजनेकामस्क सहरमा गरेको ड्रोन आक्रमणमा १३ जनाको मृत्यु

मस्को – गत साता रूसले गरेको आक्रमणको जवाफमा युक्रेनले सोमबार

ब्राउन सुगरसहित एक जना पक्राउ

वीरगञ्ज – प्रहरीले १६.५७ ग्राम ब्राउनसुगरसहित एक जना भारतीय नागरिक

सरकार र मृतक मेहताको परिवारबीच सातबुँदे सहमति

काठमाडाैं – सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्मा यही साउन १० गते

धनकुटामा किसानको सहभागितामा कोदोका १० जातको परीक्षण सुरु

धनकुटा – धनकुटा नगरपालिकामा खाम्बेलामा कोदोका १० विभिन्न जातका कार्यमुखी