ओलीसँग वार्ताका लागि च्यासल पुगिन् पूर्वराष्ट्रपति भण्डारी « Khabarhub

ओलीसँग वार्ताका लागि च्यासल पुगिन् पूर्वराष्ट्रपति भण्डारी


४ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग वार्ताका लागि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी च्यासल पुगेकी छन् ।

प्रधानमन्त्री ओली भने बालुवाटारबाट च्यासल पुग्न बाँकी छ । क वर्षअघि नै नवीकरण गरिसकेको संगठित सदस्यता पेन्डिङमा राखेको घोषणा गरेलगत्तै ओलीले पूर्वराष्ट्रपति भण्डारीलाई बोलाएका हुन् ।

ओलीसमेत उपस्थित गत असार १४ गते मदन भण्डारी फाउन्डेशनको कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले एक वर्षअघि नै सदस्यता नवीकरण गरिसकेकाले एमालेको राजनीतिमा फर्किएको घोषणा गरेकी थिइन् ।

तर ओलीले शनिबारको पोलिटब्युरो बैठकमा नवीकरण भइसकेको भण्डारीको सदस्यता पेन्डिटङमा राखिएको बताएका थिए ।

भण्डारीलाई एमालेको राजनीतिमा आउन नदिन आफूनिकटहरूलाई समेत आक्रमक रुपमा उतारेका ओली संवाद गर्न भने तयार भएका हुन् ।

उनले भण्डारीसँग संवादका लागि आइतबार दिउँसो ३ बजे एमाले केन्द्रीय कार्यालय च्यासलमा बोलाएका थिए । तर एक घण्टापछि मात्रै दुई नेताबीच वार्ता हुने लागेको हो ।

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  ३ : ४२ बजे

ताप्लेजुङको पाथीभरा क्षेत्रमा पाँचौँ पटक हिमपात

ताप्लेजुङ– ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रमा हिमपात भएको छ । शुक्रबार

इटहरीमा आज ‘कोशी एक्सिलेन्स अवार्ड’ हुँदै  

इटहरी– कोशी प्रदेशका विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याएका व्यक्ति तथा

राजमार्ग क्षेत्रको जङ्गलमा टेलिकमको टावर

नवलपरासी– मुख्य राजमार्ग क्षेत्रमा यात्रा गर्दा मोबाइल नेटवर्क नटिप्ने समस्याका

काठमाडौँ महानगरबाट ‘डाउन सिन्ड्रोम’लगायत अवस्थाका परीक्षार्थीलाई विशेष व्यवस्था

काठमाडौँ– काठमाडौँ महानगरपालिका (कामपा)ले अटिजम, बौद्धिक अपाङ्गता, डाउन सिन्ड्रोमलगायत अवस्थाका

ईदले आपसी सद्भाव र एकताको भावना सुदृढ गर्छ : प्रधानमन्त्री कार्की

काठमाडौँ– प्रधानमन्त्री प्रधानमन्त्री सुशीला कार्कीले ईद–उल–फित्रको अवसरमा नेपालीबीच आपसी सम्मान,