खुल्ने समय थपिएसँगै धरहरा चढ्नेको संख्या दोब्बरले बढ्यो « Khabarhub

खुल्ने समय थपिएसँगै धरहरा चढ्नेको संख्या दोब्बरले बढ्यो


४ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धरहरा खुल्ने समय थप भएसँगै अवलोकनका लागि आउनेहरूको संख्या दोब्बर बढीले वृद्धि भएको छ ।  साउन १ गतेबाट धरहरा बिहान ८ देखि बेलुकी ८ बजेसम्म खुल्ला गरिएको छ ।

समय थप भएपछि धरहरा हेर्न आउनेहरूको संख्या दोब्बरभन्दा बढीले वृद्धि भएको धरहरा सञ्चालन तथा व्यवस्थापन इकाई सुन्धाराका प्रमुख महेश राईले जानकारी दिए । 

‘बिहान ८ बजेदेखि बेलुकी ७ बजेसम्म टिकट खुल्छ । बिहान साढे ८ देखि बेलुकी ९८ बजेसम्म अहिले सेवाग्राहीले धरहरा चढिरहनुभएको छ,’ इकाई प्रमुख राईले भने, ‘समय थप हुँदा निक्कै राम्रो भएको छ । धरहरा हेर्न आउनेहरूको संख्या विगतमा भन्दा दोब्बरभन्दा धेरैले वृद्धि भएको छ ।’ 

पहिला धरहरा दैनिक बिहान १० देखि बेलुका ४ बजेसम्म खुला गरिएकोमा अहिले समय थप गरिएको हो । पहिला दैनिक करिब १द्द सयले धरहरा अवलोकन गर्ने गरेकोमा पछिल्लो ३ दिनमा ८ हजार ६ सय ३८ जनाले अवलोकन गरेका छन् । 

साउन १ गते २५ सय जनाले, २ गते २ हजार ६ सय ३१ र ३ गते ३ हजार ५ सय ७ जनाले अवलोकन गरेका राईले बताए । साउन १ देखि ३ गतेसम्ममा १५ लाख ५६ हजार ६ सय ५० रुपैयाँ सङ्कलन भएको छ । 

धरहरा अवलोकनका क्रममा भेटिएकी धादिङकी कल्पना तामाङले धरहरा चढ्दा दिउँसो भन्दा बेलुका रमाइलो लागेको बताइन् । 

‘बेलुकाको काठमाडौंको झिलिमिली दृश्य धरहराबाट हेर्दा एकदमै मनमोहक देखिँदो रहेछ । बिहान,दिउँसो भन्दा बेलुकाको दृश्य झनै राम्रो लाग्यो,’ उनले आफ्नो अनुभव सुनाइन् । 

०८१ मंसिरदेखि ०८२ असार मसान्तसम्ममा ५ करोड १२ लाख  ६२ हजार ९ सय ९५ रुपैयाँ धरहरा चढ्नेहरूबाट सङ्कलन भएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  ४ : १७ बजे

विस्केट जात्रा : ऐतिहासिक, सांस्कृतिक र तान्त्रिक महत्त्वको जात्रा

काठमाडौं- सांस्कृतिक सहर भक्तपुरमा हरेक वर्ष मनाइने विस्केट जात्रा सुरु

मेकिङमा नायिकाहरू : केही अरुका लागि, केही आफ्नै लागि

काठमाडौं – सफल नायक करिअरपछि मेकिङमा आउनेमा भुवन केसी, विराज

प्रधानमन्त्री वालेनको आवाजै नसुनि अन्त्य भयो नयाँ संसदको पहिलो अधिवेशन

काठमडौँ– प्रतिनिधिसभाको पहिलो अधिवेशन गएरातिबाट अन्त्य भएको छ । मन्त्रिपरिषदको

एमसीसी खारेजमा अडिग छु, शंका नगनू : हर्क साम्पाङ

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई (साम्पाङ)ले

स्रोत नखुलेको ६ लाखसहित दुई जना पक्राउ

सुनसरी– कोशी गाउँपालिका–८ भण्टाबारीबाट स्रोत नखुलेको ६ लाख ६९ हजार