प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच च्यासलमा वार्ता « Khabarhub

प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच च्यासलमा वार्ता


४ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच च्यासलमा भेट भएको छ ।

एमालेमा पछिल्लो सयम देखिएको विवादबीच भण्डारी र ओली च्यासलमा वार्ता गर्न बसेका हुन् । दुई पटक राष्ट्रपति पद सम्हालेर राजनीतिमा आउन खोजेकी भण्डारीलाई रोक्ने योजनामा ओली छन् ।

प्रधानमन्त्री ओली बालुवाटारबाट अपरान्ह ४ बजेपछि मात्रै च्यासल पुगेका हुन्। एक वर्षअघि नै नवीकरण गरिसकेको संगठित सदस्यता पेन्डिङमा राखेको घोषणा गरेलगत्तै ओलीले पूर्वराष्ट्रपति भण्डारीलाई वार्तामा बोलाएका हुन् ।

ओलीसमेत उपस्थित गत असार १४ गते मदन भण्डारी फाउन्डेशनको कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले एक वर्षअघि नै सदस्यता नवीकरण गरिसकेकाले एमालेको राजनीतिमा फर्किएको घोषणा गरेकी थिइन् ।

तर ओलीले शनिबारको पोलिटब्युरो बैठकमा नवीकरण भइसकेको भण्डारीको सदस्यता पेन्डिटङमा राखिएको बताएका थिए ।

भण्डारीलाई एमालेको राजनीतिमा आउन नदिन आफूनिकटहरूलाई समेत आक्रमक रुपमा उतारेका ओली संवाद गर्न तयार भएका छन् ।

उनले भण्डारीसँग संवादका लागि आइतबार दिउँसो ३ बजे एमाले केन्द्रीय कार्यालय च्यासलमा बोलाएका थिए । तर निर्धारित समय भन्दा सवा घण्टा ढिलो यी दुई नेताबीच भेट भएको हो । भण्डारी दुई कार्यकाल राष्ट्रपति हुनुअघि एमालको नवौँ महाधिवेशनबाट उपाध्यक्ष भएकी थिइन् ।

पूर्वराष्ट्रपतिले एमालेमा फर्किन घोषणा गरिसकेको अवस्थामा गत बिहीबार बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले यसबारे नेताहरूलाई सोधेका थिए । त्यसक्रमा नेताहरूले ओली आफैंले अग्रसरता लिएर संवाद गर्नुपर्ने सुझाव दिएका थिए ।

नेताहरूले बैठकमा पूर्वराष्ट्रपति भण्डारीलाई सम्मानजक रुपमा व्यवस्थापन गर्ने कुरा एमालेको दायित्व भएको पनि बताएका थिए । तर त्यसपछि बसेको पोलिटब्युरोमा ओली र उनीनिकट नेताहरूले भण्डारीलाई छेक्ने गरि प्रस्तुत भएका थिए ।

उनलाई विधान महाधिवेशनमा पनि सहभागी हुन नदिने रणनीतिमा ओली र उनीनिटक नेताहरू लागेका छन् । दशौँ महाधिवेशनपछि सदस्यता नवीकरण गरेको भन्दै आगामी भदौ २१ र २२ सम्म हुने दोस्रो विधान महाधिवेशनमा भण्डारीलाई भाग लिन नदिने रणनीति ओली पक्षको छ ।

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  ४ : २७ बजे

मतपेटिका ढुवानी नेपाल प्रहरीले गर्ने : गृहमन्त्री अर्याल

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले एकीकृत सुरक्षा योजना अनुसार मतदान केन्द्रबाट

विश्वप्रकाशले भने : पुरानाका दिन सकिएका भए धर्मशास्त्र र धर्ती बाँकी हुने थिएनन्

काठमाडौं- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देश बदल्न सबैभन्दा पहिले

आयोग भन्छ : बीबीसीको डकुमेन्ट्री विवाद कूटनीतिक माध्यमबाट समाधान गर्छौँ

काठमाडौं– निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी

प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको पहिलो भेट, के के भयो कुराकानी ?

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत महामहिम

फेलोसिप चिकित्सकलाई नवौँ तह सरहको पारिश्रमिक अनिवार्य

काठमाडौं– नेपाल मेडिकल काउन्सिलले फेलोसिप कार्यक्रमअन्तर्गत कार्यरत चिकित्सकहरूको न्यूनतम पारिश्रमिक