वार्ताअघिको फोटो सेसन, ओलीसँग चर्काचर्की गरेका पोखरेल र थापा पनि « Khabarhub

वार्ताअघिको फोटो सेसन, ओलीसँग चर्काचर्की गरेका पोखरेल र थापा पनि


४ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शनिबार मात्रै सकिएको नेकपा एमालेको पोलिटब्युरो बैठकमा अध्यक्ष केपी शर्मा ओली र अन्य दुई नेताबीच भएको विवाद र चर्काचर्कीले चर्चा पायो ।

त्यसरी ओलीसँग चर्काचर्की गर्नेहरूमध्ये थिए वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेर र स्थायी कमिटी सदस्य कर्णबहादुर थापा

पोखरेलले सचिवालय बैठकमा आफू ७० वर्षे र दुई कार्यकालको प्रावधान राख्नु पर्ने पक्षमा रहेको बताउँदै ओलीले अब एमाले अध्यक्षको पद छाड्नुपर्ने बताएका थिए ।

उता स्थायी कमिटी सदस्य थापाले पनि पोलिटब्युरो बैठकमा महाधिवेशनको म्यान्डेटविपरीत विधानमा गरिएको तोडमोडको चर्को आलोचना गरेका थिए ।

उनले ओलीले पार्टीलाई विधान र नीतिले भन्दा व्यक्तिकेन्द्रित बनाएर चलाउन खोजेको भन्दै चर्को आलोचना गरेका थिए । उनले यसो भनेपछि बैठकमा ओलीसँग भनाभनसमेत भएको थियो ।

अर्कातिर उपाध्यक्ष सुरेन्द्र पाण्डेले पनि ओलीको आलोचना गरेका थिए । खासगरि थापाको अभिव्यक्तिलाई लिएर उनीमाथि कारबाही हुनुपर्ने धारण ओलीनिकट नेताहरूले राख्न थालेका छन् ।

यस्तो अवस्थामा आइतबार च्यासलमा पूर्वराष्ट्रपति भण्डारी र अध्यक्ष ओलीबीच वार्ता हुनुअघि गरिएको फोटो सेसन अर्थपूर्ण देखिएको छ ।

जहाँ ओली र भण्डारीसँगै वरिष्ठ उपाध्यक्ष पोखरेल, उपाध्यक्ष पाण्डे, महासचिव शंकर पोखरेल, केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारी र स्थायी कमिटी सदस्य कर्ण थापा पनि देखिएका छन् ।

पाँच नेतासँग फोटो सेसन गरेपछि अहिले ओली र भण्डारीबीच वार्ता चलिरहेको छ। ओलीले भण्डारीलाई दोस्रो विधान महाधिवेशनमा पनि सहभागी हुन नदिने गरी अघि बढेपछि एमालेमा तरंग छाएको छ ।

अर्कातिर एक वर्षअघि नै नवीकरण गरेको सदस्यतासमेत ओलीले पेन्डिङ भनेपछि भण्डारीसँग तनाव बढ्ने सम्भावना देखिएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  ४ : ३८ बजे

ताप्लेजुङको पाथीभरा क्षेत्रमा पाँचौँ पटक हिमपात

ताप्लेजुङ– ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रमा हिमपात भएको छ । शुक्रबार

इटहरीमा आज ‘कोशी एक्सिलेन्स अवार्ड’ हुँदै  

इटहरी– कोशी प्रदेशका विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याएका व्यक्ति तथा

राजमार्ग क्षेत्रको जङ्गलमा टेलिकमको टावर

नवलपरासी– मुख्य राजमार्ग क्षेत्रमा यात्रा गर्दा मोबाइल नेटवर्क नटिप्ने समस्याका

काठमाडौँ महानगरबाट ‘डाउन सिन्ड्रोम’लगायत अवस्थाका परीक्षार्थीलाई विशेष व्यवस्था

काठमाडौँ– काठमाडौँ महानगरपालिका (कामपा)ले अटिजम, बौद्धिक अपाङ्गता, डाउन सिन्ड्रोमलगायत अवस्थाका

ईदले आपसी सद्भाव र एकताको भावना सुदृढ गर्छ : प्रधानमन्त्री कार्की

काठमाडौँ– प्रधानमन्त्री प्रधानमन्त्री सुशीला कार्कीले ईद–उल–फित्रको अवसरमा नेपालीबीच आपसी सम्मान,