वार्ताअघिको फोटो सेसन, ओलीसँग चर्काचर्की गरेका पोखरेल र थापा पनि « Khabarhub

वार्ताअघिको फोटो सेसन, ओलीसँग चर्काचर्की गरेका पोखरेल र थापा पनि


४ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शनिबार मात्रै सकिएको नेकपा एमालेको पोलिटब्युरो बैठकमा अध्यक्ष केपी शर्मा ओली र अन्य दुई नेताबीच भएको विवाद र चर्काचर्कीले चर्चा पायो ।

त्यसरी ओलीसँग चर्काचर्की गर्नेहरूमध्ये थिए वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेर र स्थायी कमिटी सदस्य कर्णबहादुर थापा

पोखरेलले सचिवालय बैठकमा आफू ७० वर्षे र दुई कार्यकालको प्रावधान राख्नु पर्ने पक्षमा रहेको बताउँदै ओलीले अब एमाले अध्यक्षको पद छाड्नुपर्ने बताएका थिए ।

उता स्थायी कमिटी सदस्य थापाले पनि पोलिटब्युरो बैठकमा महाधिवेशनको म्यान्डेटविपरीत विधानमा गरिएको तोडमोडको चर्को आलोचना गरेका थिए ।

उनले ओलीले पार्टीलाई विधान र नीतिले भन्दा व्यक्तिकेन्द्रित बनाएर चलाउन खोजेको भन्दै चर्को आलोचना गरेका थिए । उनले यसो भनेपछि बैठकमा ओलीसँग भनाभनसमेत भएको थियो ।

अर्कातिर उपाध्यक्ष सुरेन्द्र पाण्डेले पनि ओलीको आलोचना गरेका थिए । खासगरि थापाको अभिव्यक्तिलाई लिएर उनीमाथि कारबाही हुनुपर्ने धारण ओलीनिकट नेताहरूले राख्न थालेका छन् ।

यस्तो अवस्थामा आइतबार च्यासलमा पूर्वराष्ट्रपति भण्डारी र अध्यक्ष ओलीबीच वार्ता हुनुअघि गरिएको फोटो सेसन अर्थपूर्ण देखिएको छ ।

जहाँ ओली र भण्डारीसँगै वरिष्ठ उपाध्यक्ष पोखरेल, उपाध्यक्ष पाण्डे, महासचिव शंकर पोखरेल, केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारी र स्थायी कमिटी सदस्य कर्ण थापा पनि देखिएका छन् ।

पाँच नेतासँग फोटो सेसन गरेपछि अहिले ओली र भण्डारीबीच वार्ता चलिरहेको छ। ओलीले भण्डारीलाई दोस्रो विधान महाधिवेशनमा पनि सहभागी हुन नदिने गरी अघि बढेपछि एमालेमा तरंग छाएको छ ।

अर्कातिर एक वर्षअघि नै नवीकरण गरेको सदस्यतासमेत ओलीले पेन्डिङ भनेपछि भण्डारीसँग तनाव बढ्ने सम्भावना देखिएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  ४ : ३८ बजे

स्याङ्जाको राम्चेडाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिँदै

स्याङ्जा- स्याङ्जाको वालिङ नगरपालिका–१२ स्थित राम्चेडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको

अमेरिकी भिसा नवीकरणमा नहुँदा भारतीय कामदार अलपत्र

काठमाडौं – अति दक्ष विदेशी कामदार लक्षित एच–वन–बी नाम दिइएको

मेची भन्सार कार्यालय : पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा– चालु आर्थिक वर्ष वर्ष २०८२–८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

रवि र बालेनले पाँच घण्टा वार्ता गरेको घरका धनी भन्छन्- देशले खोजेको आशाको मिलन भयो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने